बलात्कारीलाई फाँसी दिनुपर्ने माग गर्दै आज युवायुवतीहरुले राजधानीको माइतीघरमा प्रदर्शन गरेका छन् । पेटिकोट लगाएर प्रदर्शनमा उत्रेका उनीहरुले बलात्कारीलाई फांसीको माग गर्दै चर्को नारा लगाएका थिए ।
प्रदर्शनकारी माथि प्रहरीले व्यापक दमन गरेको छ । प्रहरीले एक युवालाई नियन्त्रणमा लिनुको सट्टा लछारपछार गरेपछि ति युवा बेहोस भएका थिए । प्रहरीले दिया भण्डारी, सावित्री सुबेदी लगायत ६ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरुलाई महानगरीय प्रहरी वृत सिहदरबारमा राखिएको छ ।
शान्तिपूर्णरुपमा प्रदर्शनमा प्रहरीले जथाभावी हस्तक्षेप गरेको आयोजकले दाबी गरेको छ ।































प्रतिक्रिया