बैतडी

बैतडीको पुरचौंडी नगरपालिकामा शुक्रबार देखि मदिरा बेचबिखनमा पूर्ण रुपमा रोक लगाइएको छ । "/>

पूर्णरुपमा मदिरा निषेधित बन्दै पुरचौंडी नगरपालिका

पूर्णरुपमा मदिरा निषेधित बन्दै पुरचौंडी नगरपालिका

केन्द्रबिन्दु
0
Shares

बैतडी

बैतडीको पुरचौंडी नगरपालिकामा शुक्रबार देखि मदिरा बेचबिखनमा पूर्ण रुपमा रोक लगाइएको छ । गत माघमा नगरपालिकाको बिशेष सभाले नगरपालिकालाई मदिरा निषेधित गर्ने निर्णय गरेको थियो । मदिरा कारोबारमा पूर्ण रुपमा रोक लगाउने नगरसभाको निर्णय शुक्रबार देखि कार्यान्वयनमा आएको नगरपालिकाका प्रवक्ता गौतमप्रसाद भट्टले बताए ।

मदिराका साथसाथै जुवातासमा पनि नगरपालिकाले रोक लगाएको उनले बताए । नगरपालिकाले गरेको निर्णयका बारेमा जानकारी दिनका लागि नगरपालिकाले सबै वडामा अन्तरक्रियात्मक कार्यक्रम समेत सम्पन्न गरेको नगर प्रवक्ता भट्टले जानकारी दिए । नगरपालिकाको निर्णय विरुद्ध कसैले मदिरा सेवन गरेको पाइएमा ५ हजार जरीवाना गरिनेछ ।

यस्तै सार्वजनिक व्यक्तिले मदिरा सेवन गरेको पाइएमा १० हजार, विक्रिवितरण गरेको पाइएमा १० हजार, गाडीमा ढुवानी गरेको पाइएमा १० हजार, भरीयाले मदिरा ढुवानी गरेको पाइएमा ५ हजार जरीवाना गरिनेछ । यस्तै कसैले जुवा खेलेको पाइएमा २ हजार, खेलाउनेलाई ५ हजार र हेर्नेलाई ५ सय जरीवाना गरिने नगरपालिकाले जनाएको छ । पुरचौंडी नगरपालिकालाई मदिरा तथा जुवातास निषेधित नगरपालिका घोषणा गरिएकाले मदिरा सेवन विक्रि वितरण, जुवातास नखेल्न र नखेलाउन नगरपालिकाले सबैमा आग्रह गरेको छ ।
राजधानीबाट

Skip This
Skip This
Logo