राजस्व अनुसन्धान विभागले हिमालयन कार्गोका संचालक विनोदकुमार गुप्ताबिरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्धा दायर गरेको छ । यो आयकर छलीको अहिलेसम्मकै ठूलो मुद्दा हो ।
विभागले विगो र जरिवाना समेत २ अर्ब ७२ करोड १२ लाख ३८ हजार ७ सय ६० रुपैयाँ र तीन वर्षसम्म कैद गर्न माग दाबी गर्दै अदालतमा मुद्दा दायर गरेको हो। विभागका अनुसार गुप्ताले कार्गो कम्पनीबाट १० वर्षदेखि कुनै कर बुझाएका छैनन् । विभागले गुप्ता र उनका श्रीमती मधुकुमारी गुप्तालार्इ मूख्य अभियुक्त बनाएको छ।
पत्रकार सम्मेलनमा बोल्दै विभागका महानिर्देशक दीर्घराज मैनालीले गुप्ताको नाममा रहेको १५ करोड रुपैयाँ रोक्का गरेको र एक अर्ब रुपैयाँ बराबरको स्थीर सम्पत्ति रोक्का गरेको जानकारी दिए । गुप्ताले २० लाख भन्दा थोरै कारोबार गर्ने भनेर फर्म दर्ता गरेको र पछिल्लो दुई वर्षयता उनले राज्यलाई १ रुपैयाँ पनि कर नतिरेको विभागले जनाएको छ । यो अनुसन्धानमा विभागले रविन्द्र गुप्तासहित २२ जनाविरुद्ध १० करोड २० लाख रुपैयाँ बरारबको मुद्दा दायर गरेको छ।
विभागले नेपालगंज भन्सार प्रमुख जनार्दन आचार्य, भन्सार अधिकृत वटुकृष्ण अधिकारी, भन्सार जाँचकी वसन्तकुमार सुवेदी, कम्प्युटर अपरेटर चन्द्रबहादुर क्षेत्री, भन्सार सहायक जितबहादुर श्रेष्ठ र रामबहादुर थापालार्इ समेत मुद्दा दायर गरिएको छ।
नेपालगन्ज भन्सार कार्यालयबाट भएको पाउडर दूध तस्करीको अनुसन्धानका क्रममा गुप्तालाई विभागले पक्राउ गरेको थियो ।































प्रतिक्रिया