घुस भन्ने बितिक्कै कुनै काम गर्नका लागि लुकिछिपी दिइने रकम भन्ने बुझिन्छ । तर शुक्रबार यातायात व्यवस्था कार्यालय ठूलो भ¥याङमा अनौठो कामका लागि घुस खाएको भेटिएको छ ।
ट्रायल पास गरेका व्यक्तिहरुले लाइसेन्स लिन राजस्व बुझाउनका लागि समेत घुस लिने गरेको भेटिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यातायात व्यवस्था कार्यालय ठूलो भ¥याङका दुई जना कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।
सहलेखापाल देवेन्द्र गोइत र मेडिकल सहायक नारायण श्रेष्ठलाई पक्राउ गरिएको हो । उनेहरुले ५१ हजार ५ सय रुपैयाँ राजश्व बुझाएको रसिद दिन १६ हजार रुपैया घुस लिएको अख्तियारले जनाएको छ ।





























प्रतिक्रिया