सांसद चौधरीले भने- धम्कीको शैलीमा सामाजिक सञ्जाल बन्द नगराैं

सांसद चौधरीले भने- धम्कीको शैलीमा सामाजिक सञ्जाल बन्द नगराैं

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशोक चौधरीले नेपालमा सामाजिक सञ्जाल बन्द गर्न नहुने टिप्पणी गरेका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा सांसद चौधरीले भने, ‘सामाजिक सञ्जाललाई व्यवस्थित गर्ने कुरामा कसैको असहमति छैन। सर्वोच्च अदालतले दिएको स्पष्ट परमादेश छ। यी सबैलाई दर्ता गरेर नियमन गर्नुपर्छ सरकारको कर्तव्य भनेको अदालतको आदेश कार्यान्वयन गर्नु हो। त्यसका लागि कूटनीतिक वार्ता, कानुनी प्रबन्ध र दीर्घकालीन रणनीति अपनाउनु हो।’

नेपालमा इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या ९० प्रतिशत नाघिसकेको स्मरण गराउँदै उनले लाखौँ नेपालीको रोजगारी, व्यवसाय डिजिटल प्लेटफमसँग गाँसिएको पनि बताएका छन् । यसमा सरकारले धम्कीको शैलीमा फेसबुक, युट्युब बन्द गर्नुभन्दा दर्ता गर्ने वातावरण मिलाउनुपर्नेमा उनको जोड छ ।

Skip This
Skip This
Logo