सिंहदरबार गेटमा नै नांगिएर प्रर्दशन (भिडियोमा)

सिंहदरबार गेटमा नै नांगिएर प्रर्दशन (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

सरकारको बिरोधमा एक युवाले सिंहदरबार अगाडि नग्न प्रर्दशन गरेका छन ।
गाई, गोरु मार्नेलाई कानुन लगाएको भन्दै सरकारको बिरोधमा शुक्रबार दिउँसो सिंहदरबारको दक्षिणी गेट अगाडि एक युवाले नग्न प्रर्दशन गरेका हुन । त्यस क्रममा उनले तस्करी, बलात्कारी, घुसखोरीलाई कानुन लगाउनुको साटो गाई, गोरु मार्नेलाई कानुन लगाएकाले सरकारको विरोधमा सिंहदरबारमा धर्ना दिन आफूले नग्न प्रर्दशन गरेको प्रतिक्रिया दिएका छन । उनले गाईलाई राष्ट्रिय जनावरबाट बदर गर्न र सबैलाई लागू हुने गरी नयाँ मुलुकी ऐन संशोधन गर्न माग गरिएको प्लेकार्ड पनि प्रर्दशन गरेका थिए ।

उनको छातीमा ‘सरकार मुर्दावाद’ लेखिएको थियो भने यौनांगलाई ‘जनावर सबै एक हुन, कानुन सबलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधर गर, गाईलाई राष्ट्रिय जनावरबाट बदली गर’ लेखिएको प्लेकार्डले छोपिएको थियो । सडकमा नग्न प्रर्दशनमा उत्रिएका उनलाई केहीबेरमै प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका ती युवा जितिन लिम्बु हुन । सार्वजनिक स्थलमा अश्लिलता प्रर्दशन गरेकाले उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त, सिंहदरबारले जनाएको छ । नग्न प्रर्दशन गरेका लिम्बुलाई महानगरीय वृत्त सिंहदरबारको हिरासतमा राखिएको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

Skip This
Skip This
Logo