देशमा सम्भावना छ भन्दापनि गाली खाने दिन आयो -सीईओ मनोज ज्ञवाली

देशमा सम्भावना छ भन्दापनि गाली खाने दिन आयो -सीईओ मनोज ज्ञवाली

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । नविल बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ )मनोज कुमार ज्ञवालीले देशमा सम्भावना छ भनेर बोल्दा पनि गाली खाने दिन आएको बताएका छन् ।

शैक्षिक धारको ‘द ग्राविटी शो’ एआई पोडकाष्टको शुभारम्भ गर्दै सीईओ ज्ञवालीले समाज नकारात्मकतातर्फ अघि बढेकाले त्यसलाई चिर्दै नेपाल बनाउने अभियानमा आफ्नो ठाउँबाट इमानदारीपूर्वक काम गर्नुपर्नेमा जोड दिएका हुन् ।

सीईओ ज्ञवालीले नम्बरको पढाइ छाडेर सिकाइका लागि पढ्ने बानीको विकासले विद्यार्थीलाई सृजनशील बनाउने बताए । उनले भने, ‘प्रविधिको जमानामा एआइको प्रयोग गरेर सिकाउँदै शिक्षा छर्ने पोडकाष्टको सफलताको शुभकामना दिन चाहन्छु ।’

ज्ञवालीले अब युगमा डिजिटाइजेसन र एआइ अपनाउनै पर्ने औंल्याए । उनले एआईलाई एउटा टुल्सको रुपमा महत्व छ भनि बुझ्न जरुरी रहेको बताए । उनले टेक्नोलोजिले धेरै कुरा परिवर्तन गर्छ भन्ने कुरा सबैले बुझ्न आवश्यक रहेको बताए ।

Logo