परासी

कर बढाएको भन्दै पश्चिम नवलपरासीस्थित सदरमुकाम परासीका व्यवसायीले बुधबार प्रदर्शन गरेका छन् । "/>

करबृद्धिको विरुद्ध नागरिक सडकमा

करबृद्धिको विरुद्ध नागरिक सडकमा

केन्द्रबिन्दु
0
Shares

परासी

कर बढाएको भन्दै पश्चिम नवलपरासीस्थित सदरमुकाम परासीका व्यवसायीले बुधबार प्रदर्शन गरेका छन् । साना व्यवसायीले थेग्नै नसक्ने गरी रामग्राम नगरपालिकाले कर बढाएको भन्दै साप्ताहिक हाट बजार व्यवसायी संघले प्रदर्शन गरेको हो । गत वर्ष भन्दा यसवर्ष तेब्बर कर बढाएको उनीहरुको गुनासो छ । वृद्धि गरिएको करलाई पुनरावलोकन गर्न नगरपालिकासँग पटक–पटक माग गरे पनि वास्ता नगरेको भन्दै उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेर संघीय सरकारको ध्यान आकर्षण गराएका हुन् ।

उनीहरुले कृषि क्षेत्र, पर्यावरण, सीपमुलकलाई प्रोत्साहन गर्नु पर्नेमा उल्टै कर बढाएर ढाड सेक्ने काम गरेको भन्दै कर फिर्ताको माग गरेका छन् । साप्ताहिक हाट बजारमा पसल लिएर जाने व्यवसायीसँग तेब्बर बढी सम्म कर लिने गरेको उनीहरुको भनाइ छ । गतवर्ष चाउमिन पसल राख्ने व्यवसायीसँग लिइदै आएको एक सय रुपैयाँलाई बढाएर पाँच सय पुर्‍याइएको छ ।

त्यसैगरी किराना पसलको ६० बाट बढाएर ९० रुपैयाँ लिने गरिएको हाट बजार व्यवसायी संघका उपाध्यक्ष राजकुमार अग्रहरीले बताए । उक्त रकम नगरपालिकाले ठेक्का मार्फत साप्ताहिक रुपमा उठाइने गरेको छ । उनले वृद्धि गरिएको रकम फिर्ता नगरे चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

जिल्लामा रहेका सात स्थानीयतह मध्ये रामग्राम नगरपालिकाले मात्र दस्तुर र करमा वृद्धि गरेको छ । जिल्लामा तीन नगरपालिका र चार गाउँपालिका छन् । बर्दघाट र सुनवल नगरपालिकाले र्इंट्टा उद्योगमा मात्र कर बढाएको जनाएका छन् । अन्य शीर्षकमा गतवर्षको तुलनामा घटाइएको नगरपालिकाहरुले दाबी गरेका छन् । कर बढाएको रामग्राम नगरपालिकाले गतवर्षको तुलनामा यसवर्ष २० देखि ६० प्रतिशत सम्म बढाएको पाइएको छ ।
अन्नपूर्णबाट

Logo