काभ्रे

जिल्लाको मण्डनदेउपुर नगरपालिका–१० मा गएको पहिरोका कारण मृत्यु भएका बालकको परिवारलाई जिल्ला विपत्त व्यवस्थापन समिति काभ्रेले किरिया खर्च उपलब्ध गराएको छ । "/>

मण्डनदेउपुरका पहिरोपीडितलाई नगर र जिल्लाको सहयोग

मण्डनदेउपुरका पहिरोपीडितलाई नगर र जिल्लाको सहयोग

केन्द्रबिन्दु
0
Shares

काभ्रे

जिल्लाको मण्डनदेउपुर नगरपालिका–१० मा गएको पहिरोका कारण मृत्यु भएका बालकको परिवारलाई जिल्ला विपत्त व्यवस्थापन समिति काभ्रेले किरिया खर्च उपलब्ध गराएको छ ।

समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले हेमबहादुर तामाङलाई नगद एक लाख रुपैया हस्तान्तरण गरेका थिए । उनका छोरा दिपक तामाङको पहिरोले घरको टहरा पुरिँदा १८ महिनाकै उमेरमा निधन भएको थियो । साउन २२ गते राति वर्षाका कारण बस्ती माथिबाट गएको पहिरोले घर बगाउँदा बालक दीपक तामाङको मुत्यु हुनुका साथै अन्य दुईजना घाइते भएका थिए । पाँच जनाको परिवार बस्दै आएको हेमबहादुर तामाङका परिवारको कान्छो छोराको सुतिरहेको अवस्थामा पहिरो खस्दा पुरिएर मृत्यु भएको हो ।

हेमबहादुरको परिवारलाई मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइवाले मृतकको किरिया खर्चका लागि नगद २५ हजार र अस्थायी आवास निर्माणका लागि १५ हजार हस्तान्तरण गरेका थिए । नगरस्तरीय विपत्त व्यवस्थापन समितिको बैठकले मृतकको परिवारलाई २५ हजार, अस्थायी आवास निर्माण गर्न १५ हजार तथा भैंसी, गाई, सुँगुर, बाख्रा मरेमा क्रमशः १० हजार, पाँच हजार, दुई हजार र १५ सय दिने निर्णय गरे अनुसार रकम हस्तान्तरण गरिएको नगरप्रमुख वाइवाले बताए । पीडितहरुलाई गाउँमै पुगि प्रजिअ राउत, नगर प्रमुख तामाङले रकम हस्तान्तरण गरेका हुन् ।

पहिरोका कारण विस्थापित कारसाङ लामा र पदमबहादुर लामाको परिवारलाई नगद १५/१५ हजार नगर प्रमुख वाइवाले अस्थायी आवासका लागि हस्तान्तरण गरेका थिए । राहत हस्तान्तरण तथा परिवारलाई समवेदना ब्यक्त गर्न प्रदेश सांसद लक्ष्मण लम्साल, जिल्ला प्रहरी प्रमुख रविराज खड्का, नेपाल पत्रकार महासंघका अध्यक्ष मोतिराम तिमल्सिना, शशस्त्र प्रहरी प्रमुख डिएस्पी रवि केसी, राष्ट्रिय अनुसन्धानका डिएस्पी हरिस्चन्द्र श्रेष्ठ तथा मण्डन देउपुर नगरपालिकाका वडा अध्यक्षहरुको सहभागिता रहेको थियो । वडा अध्यक्ष विष्णुमणि नेपालले एउटै बस्तीका १९ घरपरिवार जोखिममा रहेको जानकारी दिए ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo