नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपछि धेरैले हर्ष बढाई गरे । अब मुलुक नै कम्युनिष्टहरुको हुने खुसीयालीमा दीपावली गर्नेहरु पनि निश्किए । तर, दुई पार्टीको मिलनमा धेरै नेता तथा कार्यकर्ताहरु किनारमा परेको दुखद पक्ष भने नेतृत्वले अनुभूत गरेको छैन । नेकपामा पदम जोशी त्यस्तै युवा नेता हुन् जो किनारमा बसेर रमिता हेर्न बाध्य छन् ।
तत्कालीन नेकपा (संयुक्त) को विद्यार्थी संगठन र युवाहरुको संगठनमा जोशी केन्द्रीय अध्यक्ष र पार्टीमा पोलिटब्यूरो सदस्य थिए । माओवादी केन्द्रसँगको एकतापछि उनी पार्टीको पोलिटब्यूरो सदस्य भए । तर, जब एमालेसँग माओवादीको एकता भएपछि भने उनी एकाएक जिम्मेवार विहीन भए ।
उनी एक प्रतिनिधि पात्र मात्र हुन् । उनी जस्तै धेरै नेता तथा कार्यकर्ता यतिवेला नेकपाको जिम्मेवारीमा छैनन् । हेर्नुहोस् उनै इमान्दार तथा गहिरो अध्ययन भएका कम्यूनिष्ट कार्यकर्ता पदम जोशीसँगको छोटो भिडियो कुराकानी –































प्रतिक्रिया