काठमाडौं
रोजगारीको खोजीमा विदेश जाने युवाको संख्या विगत ३ वर्ष देखि लगातार घटे पनि रोजगारीकै क्रममा ज्यान गुमाउनेको संख्या भने बर्सेनि बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । वैदेशिक रोजगारीमा जानेको संख्या १५ प्रतिशतले घटे पनि मृत्यु हुनेको संख्या भने ८ प्रतिशतले बढेको पाइएको छ । सरकारले वैदेशिक रोजगारी जाने युवामा देखिएको बढ्दो मृत्युको कारण अध्ययन गर्न नसक्दा मृत्युदर घटन नसकेको हो ।
आर्थिक वर्ष २०७३, ७४ मा वैदेशिक रोजगारीका क्रममा ७ सय ५५ नेपालीको मृत्यु भएकोमा गत आवमा यो संख्या बढेर ८ सय २१ पुगेको छ । यो संख्या विदेशमा मृत्यु भइ आर्थिक सहायता पाउने युवाको संख्या मात्र हो । श्रम स्वीकृतिको म्याद भन्दा अधिकतम १ वर्ष पूरा भएका मृतकका परिवारलाई दिएको आर्थिक सहायताका आधारमा यो संख्या निर्धारण गरिएको हो । आर्थिक सहायताको परिधिमा नपरेका कारण गणनामा नपरेका मृतक नेपालीको संख्या जोडने हो भने अझ बढी हुने देखिन्छ ।
आव २०७४,७५ मा वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने कामदारको संख्या ८ सय २१ रहेकोे वैदेशिक रोजगार प्रबद्र्धन बोर्डले जनाएको छ । एक वर्षमा मृत्यु भएका यी नेपालीको संख्याका आधारमा प्रतिव्यक्ति ७ लाख रुपैयाँका दरमा सरकारले गत वर्ष मात्र ४५ करोड ७० लाख रुपैयाँ आर्थिक सहयोग वितरण गरेको थियो । यसरी नै अंगभंग भइ बोर्डबाट आर्थिक सहायता लिने नेपालीको संख्या पनि विगत ३ वर्षमा बढ्दो क्रममा रहेको देखिन्छ ।
गत आवमा सबैभन्दा बढी २ सय ८९ नेपाली युवाको मृत्यु मलेसियामा भएको थियो भने दोस्रोमा साउदी अरब २ सय ३ र कतारमा १ सय २३ जना रहेका थिए । जिल्लागत रुपमा हेर्दा सबैभन्दा बढी मृत्यु हुने जिल्लामा मोरङका ३९, सर्लाहीका ३६ र धनुषाका ३३ रहेको छ ।
कारोबारबाट





























प्रतिक्रिया