संखुवासभा

जिल्लाका पाँचखपन नगरपालिका २ का वडा सचिवले नगरपालिकाले तोकेको भन्दा दोब्बर भत्ता लिएको खुलेको छ । "/>

वडा सचिवले गरे भत्तामा अनियमितता : कागजपत्र मिलाई महिनामा ६० हजार सम्म बुझे

वडा सचिवले गरे भत्तामा अनियमितता : कागजपत्र मिलाई महिनामा ६० हजार सम्म बुझे

केन्द्रबिन्दु
0
Shares

संखुवासभा

जिल्लाका पाँचखपन नगरपालिका २ का वडा सचिवले नगरपालिकाले तोकेको भन्दा दोब्बर भत्ता लिएको खुलेको छ । वडा सचिबलाई एउटा वडा कार्यालय हेरे बापत नगरपालिकाले २ हजारका दरले भत्ता दिने भनी निर्णय गरेको थियो ।

सचिब रामप्रसाद रेग्मीलाई नगरले नै १ र ३ नं वडा हेर्ने गरी कार्य क्षेत्र तोकेको थियो । तर रेग्मीले नगरको निर्णयलाई बेवास्था गर्दै आफु खुसी ५ हजारका दरले तिन वटा वडा बाट मासिक १५ हजार लिने गरेको खुलेको हो । उनले एक वडा बाट अर्को वडा जाँदा , मिटिङमा जाँदा र ब्यक्तिगत काममा सदरमुकाम सम्म जाँदाको समेत बैठक भत्ता भनि कागज पत्र मिलाई महिनाको ६० हजार बढी रकम लिएको भन्दै अख्तियारमा उजुरी परेपछी रेग्मीलाई अख्तियारले सरकारी सम्पती दुरुपयोग गरेको देखिएको भन्दै आवश्यक अनुसन्धान गरी कार्वाही गर्न पत्र पठाएको छ ।

तर मेयर विपिन राईले यस विषयमा आफूलाई कुनै जानकारी नभएको बताए पनि उपमेयर भिमादेवी राईले मंगलबार नगरपालिकामा आवश्यक छलफलका लागि बैठक राख्ने बताइन् । सचिव रेग्मीले आफु माथि लागेको आरोप झुटो भएको भन्दै त्यसको खण्डन गरेका छन् । उनले आफुलाई फसाउन कार्यालय भित्रैका कर्मचारी लागि परेको आरोप पनि लगाए । उनले थपे आफ्नो चरित्रहत्या गर्ने केही ब्यक्तिले सामाजिक सञ्जालमा नामै किटान गरेर आएको भेटेपछि २५ गते नगरपालिका कार्यालयमा निबेदन दर्ता गराउदै मेयर र उप–मेयरलाई जानकारी गराएको बताए ।

१ नम्बर वडाअध्यक्ष टेकबहादुर बुढाथोकी भने वडा सचिबले तोकेको भन्दा बढी भत्ता लिएको बारे आफुलाई जानकारी नभएको बताए । सरकारी सम्पती दुरुपयोग गरेका वडा सचिबलाई छानबिन गरि कडा कारबाही हुनु पर्ने स्थानीय देबराज पुरीले बताए ।
राजधानीबाट

Logo