काठमाडौं

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई आइतबार काठमाडौं जिल्ला अदालतले थप तीन दिन हिरासतमा राख्न आदेश दिएको छ । "/>

प्रकाण्डलाई थप तीन दिन थुनामा राख्न जिल्ला अदालतको आदेश

प्रकाण्डलाई थप तीन दिन थुनामा राख्न जिल्ला अदालतको आदेश

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई आइतबार काठमाडौं जिल्ला अदालतले थप तीन दिन हिरासतमा राख्न आदेश दिएको छ । साउन २२ गते राजधानीबाट दुर्इ जना सहयोगी सहित पक्राउ परेका उनलाई अनुसन्धानका लागि पहिलो पटक अदालतले पाँच दिन थुनामा राख्ने आदेश दिएको थियो ।

थप अनुसन्धानका लागि १५ दिनको म्याद थप गर्न प्रहरीले माग गरे पनि अदालतले तीन दिन मात्र दिएको हो । प्रकाण्डले उद्योगी व्यवसायीहरुबाट करिब सात करोड चन्दा असुली गरेको दाबी सहित प्रहरीले चन्दा ऐनअन्तर्गत मुद्दा चलाएको छ ।

यसैबीच विश्वकर्माको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर भएको छ । विश्वकर्माका छोरा छोरा नरेन्द्रबहादुर सिंह विश्वकर्माले गैरकानुनी रुपमा थुनामा राखेको भन्दै गृह मन्त्रालय, काठमाडौं जिल्ला अदालत, प्रहरी प्रधान कार्यालय र महानगरीय प्रहरी परिसर काठमाडौंलाई विपक्षी बनाई रिट दायर गरेका हुन् ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo