प्रधानमन्त्री ओलीमाथि बालेनको आक्रोश- आतङ्कवादी होस्

प्रधानमन्त्री ओलीमाथि बालेनको आक्रोश- आतङ्कवादी होस्

केन्द्रबिन्दु
69
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कडा शब्दमा कटाक्ष गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर शाहले प्रधानमन्त्री ओलीलाई ‘आतङ्कवादी’ को संज्ञा दिँदै उनको ‘भरौटेहरूको बा’ मात्र भएको र ‘साँच्चै कहिले बा हुन पाएको भए’ छोराछोरी गुमाउनुको पीडा बुझ्ने बताएका छन्।

उनमाथि लक्षित गर्दै बालेनले भनेका छन्, ‘तेरो भरौटेहरूको पो बा भइस्। साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुझ्थिस्। यस्तो आतङ्कवाद यो विश्वले कहिले देखेको थिएन। त नेता त के मान्छे पनि बन्न सकेनस्, आतङ्कवादी होस्।’

यो कटाक्ष जेनजी पुस्ता (युवा पुस्ता) माथि भएको आक्रमणलाई लक्षित गरी गरिएको हाे । बालेनले प्रधानमन्त्री ओलीलाई ‘आतङ्कवादी’ को संज्ञा दिँदै उनी नेता वा मान्छे पनि बन्न नसकेको आरोप लगाएका छन्।

Skip This
Skip This
Logo