काठमाडौं

बहालवाला सहसचिव र सचिवहरूको स्वार्थ अनुरूप निजामती कर्मचारीको अवकाश पाउने उमेर हद ६० पुर्याउन चलखेल तीव्र रूपमा अगाडि बढेको छ । "/>

अवकाश उमेर ६० पुर्याउन कर्मचारीको चलखेल, मन्त्रीको अडान भने ५८ मै

अवकाश उमेर ६० पुर्याउन कर्मचारीको चलखेल, मन्त्रीको अडान भने ५८ मै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

बहालवाला सहसचिव र सचिवहरूको स्वार्थ अनुरूप निजामती कर्मचारीको अवकाश पाउने उमेर हद ६० पुर्याउन चलखेल तीव्र रूपमा अगाडि बढेको छ । निजामती कर्मचारीको अवकाश हुने उमेर लामो समय देखि बहसको विषय बन्दै आएको सन्दर्भमा तिनै कर्मचारीको स्वार्थ अनुरूप संघीय निजामती सेवा ऐन अवकाश पाउने उमेर ६० वर्ष प्रस्तावित गरिएको छ ।

ऐनको धारा ५० मा ६० वर्ष उमेर पूरा भएको निजामती कर्मचारीले निजामती सेवाबाट स्वतः अवकाश पाउने व्यवस्था छ । कर्मचारीको उमेर गणना निजले पेस गरेको शिक्षण संस्थाको प्रमाणपत्रमा किटिएको जन्मदिन वा वर्षबाट हुन आउने उमेर, निजको नागरिकतामा किटिएको जन्मदिन वा वर्षबाट हुन आउने उमेर, निजले व्यक्तिगत विवरणमा लेखिदिएको जन्मलाई आधार मानेर उमेर गणना गरिने पनि सोही ऐनको दफा ५१ मा उल्लेख गरिएको छ ।

शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकता र निजले लेखेको विवरणमा जन्ममिति फरक परेमा जुन मितिबाट पहिले अवकाश हुन्छ, सोही मिति कायम गरी उमेरको गणना गरिने पनि ऐनमा भनिएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित निजामती कर्मचारीको उमेरहद बढाउन नहुने पक्षमा छन् । मन्त्री पण्डितले मन्त्रालयका अधिकारीलाई उमेर हद ५८ वर्ष नै कायम राख्नुपर्ने कुरा दोहोर्याउँदै आएका छन् । पण्डित मन्त्री बन्नु अगावै सामान्य प्रशासन मन्त्रालयका कर्मचारीले सो विधयेक तयार गरेका थिए ।

यसअघि शेरबहादुर देउवा नेतृत्वको पालामा तत्कालीन सामान्य प्रशासन मन्त्रालयले बनाएको विधेयकमा कर्मचारीको अवकाश उमेरहद ५८ वर्षबाट बढाएर ६० वर्ष बनाउन प्रस्ताव गरिएको थियो । विधेयक पुनरावलोकनका क्रममा ६० वर्ष उमेर हदको प्रस्तावलाई हटाएर पुनः ५८ वर्ष नै राखिएकोे थियो । अहिले फेरि ६० वर्ष प्रस्तावित गरिएको छ । विभिन्न स्वार्थ समूहकै कारण विधेयक अघि बढ्न नसकेको सामान्यको बुझाइ छ। हाल बहालवाला अधिकांश सचिव र सहसचिव पनि अवकाश पाउने उमेरहद बढाउनुपर्ने पक्षमा छन् ।
नेपाल समाचारपत्रबाट

Logo