काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आह्वानमा विपक्षी दलहरूको बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा केहीबेर अघिबाट
बसिरहेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन–जीको सोमबारको आन्दोलनमा सरकारले दमन गर्दै १९ जनाको मृत्यु भएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बैठक आह्वान गरेका हुन्। यो बैठकलाई राष्ट्रिय स्वतन्त्र पार्टीले भने बहिष्कार गरेको छ ।
कर्मकाण्डभन्दा पार्टीभित्रै सार्थक आन्तरिक छलफलमा जुट्ने र पीडितहरूसँग उभिने रास्वपाको तयारी छ । हाल नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेले सोमबार नै ाफ्ना सांसहरुलाई मागहरू पूरा नभए संसदबाट राजीनामा दिनपर्ने हुनसक्ने निर्देशन दिइसकेका छन् ।































प्रतिक्रिया