घुर्मेको कपाललाई कसरी सिधा गर्ने

घुर्मेको कपाललाई कसरी सिधा गर्ने

केन्द्रबिन्दु
0
Shares

घुर्मेको कपाल हेर्नेलाई मात्र होईन पाल्नेलाई पनि राम्रो लाग्छ । कतिपय सर्वेक्षणहरुले महिलाको लामो घुर्मेको कपालले आकर्षित गर्ने नतिजाहरु आएको पनि छ । तर घुर्मेको कपाल हेर्दा जति राम्रो हुन्छ पाल्ने ब्यक्तिलाई त्यसको स्याहार गर्न उत्तिकै झन्झटिलो पनि हुने गर्छ । त्यसैले धेरै महिलाहरुले आफ्नो घुर्मेको कपाललाई सिधा बनाउन ब्यूटिपार्लर र अन्य महंगो उपायहरु अपनाउने गरेका छन् ।

तर यो लेखमा हामीले घुर्मेको कपालवाट हैरान भएका महिलाहरुलाई घरमै बसेर कपाललाई कसरी सिधा बनाउने भन्ने बिषयमा केही उपायहरु सिकाउने छौं ।

दुध र अण्डाको प्याक:

एक कप दुधमा एउटा अण्डा मिसाएर ल्यसलाई चलाएर प्याक बनाउनु होस् । उक्त प्याकलाई ब्रसको मद्धतले कपालमा लगाएर डेढ घन्टासम्म राख्नुहोस् । त्यसपछि माइल्ड स्याम्पुले कपाललाई बिस्तारै धुनु होस् ।

ध्यूकुमारी र तेल:

ध्यूकुमारीको गुदीलाई लेसाईलो बनाउनु होस् वा ध्यूकुमारीको रसमा नरिवलको तेल मिलाउनुहोस् । दुबैको मात्रा कपालको आकार अनुसार पुग्ने गरेर बराबर बनाउनु होस् । उक्त लेपलाई कपालमा राम्ररी लगाएर एक घन्टा त्यत्तिकै छोड्नुहोस् । त्यसपछि स्याम्पुले हल्कासंग धुने गर्नुपर्छ ।

मुल्तानी माटो:

सौन्दर्यको क्षेत्रमा ब्यापक रुपमा प्रयोग हुने मुल्तानी माटोले छालालाई मात्र नभएर कपाललाई पनि निकै नै फाइदाजनक मानिन्छ । स्याम्पुको आविष्कार हुनु भन्दा अगाडी कपाललाई अहिलेको स्याम्पुले जस्तै मुलायम र चम्किलो बनाउन मुल्तानी माटोकै प्रयोग हुने गथ्र्यो । त्यसैले यो माटोले नियमित रुपमा कपाल धुने गर्नाले पनि कपालको
घुमाउरोपनमा कमि आउन सक्छ ।

नरिवलको दुघ र कर्नस्टार्च:

नरिवलको तेल देखि दुधसम्म कपाललाई धेरै नै फाइदाजनक मानिन्छ । यसको नियमित प्रयोगले कपाललाई धेरै नै सुन्दर बनाउछ । यदी तपाईको धुमाउरो कपाललाई सोझो बनाउन चाहनुहुन्छ भने नरिवलको दुधमा कर्नस्टार्चलाई मिलाउने । उक्त लेपलाई ब्रसको मद्धतले कपालमा लगाएर एक घन्टा राख्ने । त्यसपछि चिसो पानीमा स्याम्पु लगाएर धुने गर्नाले धुम्रेको कपाललाई सिधा बनाउन मद्धत गर्छ ।

एप्पल स्लाइडर:

एप्पल स्लाइडरलाई प्राकृतिक रुपमा सफा गर्ने पदार्थ मानिन्छ । एप्पल स्लाइडर कपालको लागि पनि धेरै नै फाइदाजनक पदार्थ पनि मानिन्छ । यो कपालमा लगाउनाले कपालमा रहेको फोहोर मात्र बाहिर आउदैन घुम्रेको कपाललाई सिधा बनाउन पनि मद्धत गर्छ । तिन चम्चा एप्पल स्लाइडरमा दुई कप पानी मिसाएर कपालमा लगाउनु पर्छ । त्यसको केही मिनेट पछि स्याम्पु लगाएर धुने कार्य केही दिन नियमित रुपमा गर्नाले कपालको घुमाउरो पन कम हुदै जान्छ ।

Logo