काठमाडौँ

नेपाल–भारत सीमाका करिब ५ सय स्तम्भ हराएका छन् । नापी विभागले चार वर्ष लगाएर ताप्लेजुङ देखि दार्चुला सम्म गरेको सीमा–अध्ययनमा यस्तो पाइएको हो । "/>

नेपाल – भारत सिमाका ५ सय सीमा स्तम्भ गायब

नेपाल – भारत सिमाका ५ सय सीमा स्तम्भ गायब

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपाल–भारत सीमाका करिब ५ सय स्तम्भ हराएका छन् । नापी विभागले चार वर्ष लगाएर ताप्लेजुङ देखि दार्चुला सम्म गरेको सीमा–अध्ययनमा यस्तो पाइएको हो ।

नापी विभाग अन्र्तगत स्थलरूपी तथा भू–उपयोग व्यवस्थापन महाशाखाका प्रमुख कृष्णप्रसाद सापकोटाका अनुसार यसको विवरण संकलन भइसकेको छ । अद्यावधिक हुन भने बाँकी छ । ‘संख्यामा केही तलमाथि हुन सक्छ’, उनले भने, ‘नदीनालाले सीमा छुट्याएका ठाउँका स्तम्भ भेटिएका छैनन्, जमिनका थोरै मात्र हराएका छन् । बाढी आउँदा धेरै स्तम्भ बगाएको हुनसक्छ ।’

उनका अनुसार कुनै ठाउँमा नियतवश बेपत्ता पारिएको पाइएको छ । कतिपय भत्किएर र बिग्रिएर पनि हराएका छन् । मेची, नारायणी र महाकाली लगायत ५७ नदीले नेपाल–भारत बीच सीमाको काम गरेका छन् । नेपाल–भारत सिमानाको १ हजार ८ सय ८० किलोमिटर क्षेत्रमा ६ सय ४० किलोमिटर क्षेत्रमा नदीनाला पर्छन् । सापकोटाका अनुसार सन् २०१४ यता सीमा सम्बन्धी प्राविधिक काम गर्न गठित नेपाल–भारत संयुक्त ‘बाउन्ड्री वर्किङ ग्रुप (बीडब्लूजी ) गठनपछि दशगजामा रहेका ८ हजार ५ सय ५३ सीमास्तम्भको निरीक्षण गर्दा ८ हजार ५४ वटा राम्रो अवस्थामा पाइएको छ । १ हजार ३४ नयाँ स्तम्भ निर्माण गरिएका छन् । तीन वर्षका लागि गठन भएको बीडब्लूजीको समय ५ वर्ष थपिएको छ ।

महाशाखाका अनुसार २०७१/७२ देखि २०७४/७५ को अवधिमा गरिएको सर्भेमा १ सय १६ सीमास्तम्भ मात्र दुरुस्त अवस्थामा भेटिएका छन् । १ हजार ५ सय ४३ वटाको मर्मत सम्भार गरिएको छ । एउटा मुख्य स्तम्भबाट अर्को स्तम्भको दुरी २ किलोमिटर छ भने सहायक स्तम्भ आवश्यकताका आधारमा राखिने गरिएको छ ।
अन्नपूर्णबाट

Logo