बुटवल
सुन्दा पनि प्रत्याउन नसकिने तर यथार्थता देखेपछि अचम्म मान्ने घटना बुटवलमा फेला परेको छ । २० वर्ष देखि सन्याशी जिवन विताउदै आएका जोगी बावा बुटवलमा अप्राकृतिक मैथुन गदै गर्दा पक्राउ परेका छन ।
सडक वालकहरुलाई आफ्नो कोठामा वोलाउने, उनिहरुलाई पैसा दिने अनि अप्राकृतिक मैथुन गर्ने भारतको उडिसा घर बताउने ५५ वर्षिय सुन्दर पुरीलाई ईलाका प्रहरी कार्यालय बुटवलले विहिवार पक्राउ गरेको प्रहरी नायव उपरिक्षक डिल बहादुर मल्लले बताए । वावाले दिन भर घरघरमा भिक्षा माग्दै हिडने र साँझ बिहान सडक वालकलाई पैसा दिने लोभमा अप्राकृतिक मैथुन गराउने गरेको स्थानिय जनप्रतिनिधीले देखेपछि प्रहरीलाई खवर गरिएको हो ।
बुटवलको थोक कृषिउपज केन्द्र नजिकै भाडामा वस्ने वावाले दुई सडक वालकलाई विगत २० दिन देखि नियमित रुपमा अप्राकृतिक मैथुन गर्ने गरेको ति वालकले प्रहरी समक्ष बताएको प्रनाउ मल्लले बताए । पक्राउ परेका वावाको सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । अप्राकृतिक मैथुन अभियोगमा पक्राउ परेकालाई ३ वर्ष कैद र ३० हजार जरीवाना हुने कानुनी व्यवस्था रहेको छ ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया