काठमाडौँ

बालक अपहरणपछि हत्यामा संलग्न माथि गरिएको इन्काउन्टरबारेमा प्रहरीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई ब्रिफिङ गरेको छ । "/>

गृहमन्त्रीलाई प्रहरीको ब्रिफिङ इन्काउन्टर फेक होइन : निशान हत्या प्रकरण

गृहमन्त्रीलाई प्रहरीको ब्रिफिङ इन्काउन्टर फेक होइन : निशान हत्या प्रकरण

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

बालक अपहरणपछि हत्यामा संलग्न माथि गरिएको इन्काउन्टरबारेमा प्रहरीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई ब्रिफिङ गरेको छ ।

११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या र अपहरणकारी भनिएकाका दुई जनाको इन्काउन्टरबारे थापालाई महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले सरकारी निवास पुल्चोक पुगेर ब्रिफिङ गरेका हुन् । एसएसपी सिंहले घटनाबारे पुल्चोक पुगेर गृहमन्त्री थापालाई ब्रिफिङ गरेका हुन् । सिंहले बाहिर सार्वजनिक भए जस्तो फेक इन्काउन्टर नभएको जानकारी मन्त्री थापालाई गराएका स्रोतले जनाएको छ ।

उनले समयमा फोनको लोकेशन प्राप्त नहुँदा निशानलाई सकुशल उद्धार गर्न नसकिएको बताएका थिए । निशानको सकुशल रिहाईका लागि प्रहरीले धेरै मेहनत गर्दा गर्दै पनि सम्भव भएन, सिंहको भनाई उदृत गर्दै स्रोतले भन्यो, अपहरणकारीलाई घरबाट निकाली जंगलमा पुर्‍याएर हत्या गरेको भन्ने कुरामा कुनै सत्यता छैन ।’

त्यसक्रममा मन्त्री थापाले प्रहरीले संवेदनशील घटनामा अनुसन्धान गर्दा विवेक प्रयोग गर्नुपर्ने बताउँदै मानवीय संवेदनालाई पनि ख्याल गर्न सुझाएका थिए । त्यसैगरी सिंहले बिहीबार नै गृहमन्त्रालयका सचिव प्रेमकुमार राईलाई सिंहदरबारस्थित मन्त्रालयमा पुगेर यही घटनाबारेमा ब्रिफिङ गरेका छन् । सञ्चारमाध्यमले बालक अपहरणपछि हत्यामा संलग्नहरुलाई पक्राउ गरेर हत्या गरिएको बताइहरँदा प्रहरी नेतृत्वले यस्तो स्पष्टिकरण गृहमन्त्री र सचिवलाई दिएको हो ।
अन्नपूर्णबाट

Logo