एसवाई प्यानलको आईपीओ निष्कासन प्रक्रिया स्थगित

एसवाई प्यानलको आईपीओ निष्कासन प्रक्रिया स्थगित

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले पहिलो चरणको आईपीओ भदौ २९ बाट निष्कासन गर्ने योजना स्थगित गरेको छ ।

कम्पनीले हालको परिस्थितिलाई ध्यानमा राख्दै अर्को सूचना नभएसम्म आईपीओ निष्कासन रोकेको जनाएको छ । पहिलो चरणमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गर्ने तयारी थियो । नियामक निकाय नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ अर्ब ३० करोड ८९ लाख रुपैयाँको ४० प्रतिशत बराबरको आईपीओ निष्कासन अनुमति दिएको थियो ।

आईपीओको अंकित मूल्य प्रति शेयर १०० रुपैयाँ तोकिएको थियो ।

Logo