घाइते जेनजीहरुकाे साथमा नेता डा. सुनिल शर्मा, बुकी फूल दिँदै बढाए मनोबल

घाइते जेनजीहरुकाे साथमा नेता डा. सुनिल शर्मा, बुकी फूल दिँदै बढाए मनोबल

केन्द्रबिन्दु
84
Shares

काठमाडाैं । नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिल शर्माले भदौ २३ र २४ गते भएको प्रदर्शनमा घाइते भएका युवाहरूलाई काठमाडौं मेडिकल कलेज (केएमसी)मा निःशुल्क उपचारको व्यवस्था गरी उनीहरूलाई बुकी फूल दिँदै मनोबल बढाएका छन्।

आइतबार केएमसीका प्रशासन प्रमुख नारायण प्रसाद दाहाल नेतृत्वको टोलीलाई निर्देशन दिँदै डा. शर्माले उक्त कार्य गरेका हुन्। केएमसीमा जम्मा ८१ जना घाइते आएका मध्ये २ जनाको मृत्यु भएको छ भने २२ जनाको उपचार हाल पनि भइरहेको छ। बाँकी घाइतेहरू उपचारपछि डिस्चार्ज भइसकेका छन्।

प्रतिनिधि सभा विघटन भइसके पनि, सांसदको पदमा नरहेकाले तलब–भत्ता नलिने एक मात्र सांसद डा. शर्माले सामाजिक र मानवीय जिम्मेवारी निर्वाह गर्दै घाइतेहरूको उपचारमा निरन्तर सहयोग गरिरहेका छन्।

जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई निःशुल्क उपचार गराउने व्यवस्था समेत डा. शर्माकै पहलमा भएको हो । राजनीतिक र सामाजिक अस्थिरताको अवस्थामा पनि डा. शर्माको यो कदमले घाइते परिवारलाई राहत र आशा दिएको छ। उनकै पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका लागि ५० शय्याको निःशुल्क क्याबिन स्थापना गरिएको छ। उनले पार्टी वा पहिचानका आधारमा नभई सबै नेपालीलाई समान रूपमा सेवा पुर्‍याउने प्रतिबद्धता जनाएका छन्।

Skip This
Skip This
Logo