वात्सल्य एभरेष्ट महिला भलिबल लिग स्थगित

वात्सल्य एभरेष्ट महिला भलिबल लिग स्थगित

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । जेनजी पुस्ताले यही भदौ २३ र २४ गते गरेकाे आन्दाेलनका कारण वात्सल्य एभरेष्ट महिला भलिबल लिग स्थगित भएको छ।

आयोजक समितिले जारी गरेको विज्ञप्तिमा आकस्मिक सङ्कटका कारण तत्काल क्षति विश्लेषण भन्दा सुरक्षालाई प्राथमिकता दिँदै भलिबल लिग स्थगित भएको हाे । आयोजकका अनुसार निर्धारित १६ मध्ये ९ खेल सम्पन्न भइसकेका छन् भने बाँकी ७ खेलको तालिका नेपाल भलिबल संघ, ६ फ्रेन्चाइजी टिम र प्रायोजकसँग छलफल गरी नयाँ मिति तोकिनेछ।

नयाँ तालिका र व्यवस्थापनबारे जानकारी अर्को विज्ञप्तिमार्फत सार्वजनिक गरिनेछ।

यसबीचमा सहभागी स्वदेशी तथा विदेशी खेलाडी, प्रशिक्षक र व्यवस्थापन टोलीलाई सुरक्षित रूपमा घर फर्काइएको छ। विज्ञप्तिमा संचारकर्मी, प्रसारण टोली, टिम मालिक, प्रशिक्षक, टुर्नामेन्ट निर्देशक र उद्धारमा संलग्न सबैलाई आभार व्यक्त गरिएको छ।

Skip This
Skip This
Logo