काठमाडौं। जेनजी आन्दोलनमा ज्यान गुमाएका २७ जनाको शवयात्रा आज देशका विभिन्न स्थानमा शान्तिपूर्ण रूपमा आयोजना हुने भएको छ ।
महाराजगञ्जस्थित राष्ट्रिय शव परीक्षण केन्द्रबाट परिवारजनले शव बुझेपछि शवयात्रा हुने भएको हो । अपराह्न ४ बजेतिर टिचिङ अस्पतालबाट शव यात्रा गर्ने हुने स्रोतले बताएको छ। शवहरुलाई क्यान्डल लाइट मार्चको रूपमा टिचिङ अस्पतालबाट चक्रपथ, सुकेधारा, चाबहिल, एयरपोर्ट, बानेश्वर, तीनकुने हुँदै पशुपतिसम्म पुर्याउने तयारी छ। आन्दोलनमा मारिएकाहरूको शवलाई पशुपतिमा अन्त्येष्टि गर्ने तयारी छ।
गृहमन्त्री ओमप्रकाश अर्यालले मृतकहरूको अन्त्येष्टी राष्ट्रिय सम्मानका साथ गर्ने निर्णय गरेका छन्। मृतकलाई सहिद घोषणा र उनीहरुका परिवारलाई रु १० लाखका दरले राहत दिने यसअघि नै निर्णय गरिएको छ। हामी नेपालले यस यात्रामा जोकोही पनि आउनसक्ने बताएको छ। यस यात्रामा कसैले घुसपैठ गरी भड्काउने कार्य नगर्न पनि अनुरोध गरेको छ।































प्रतिक्रिया