विराटनगरको भाटभटेनीमा शव भेटियो

विराटनगरको भाटभटेनीमा शव भेटियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । जेन्जी आन्दोलनका क्रममा क्षतिग्रस्त भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरको दोस्रो तल्लामा एक शव फेला परेको छ । मोरङ प्रहरीका अनुसार भदौ २४ गतेको तोडफोड र आगजनीपछि बन्द रहेको भाटभटेनीमा सफाई तथा निरीक्षणका क्रममा सो शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दुर्गा रजोरियाले बताएअनुसार, ‘शव जलेर कंकाल बनेको छ र पहिचान गर्न कठिन छ । यसलाई कोशी अस्पताल लगिएको छ, जहाँ डीएनए परीक्षणपछि मात्र थप विवरण खुलेको हुन सक्छ ।’ प्रहरीले घटनास्थलमा मुचुल्का गरी अनुसन्धान थालेको छ । आन्दोलनका क्रममा विराटनगरमा पनि व्यापक तोडफोड र आगजनी भएपछि विभिन्न व्यापारिक केन्द्रहरूमा क्षति पुगेको थियो
यो घटनाले आन्दोलनको हिंसात्मक पक्षलाई थप उजागर गरेको छ । प्रहरीले मृतकको पहिचानका लागि परिवारजनसँग समन्वय गरिरहेको जनाएको छ । देशभर आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुगे पनि यस्ता घटनाहरूको पूर्ण विवरण अझै बाहिरिएको छैन ।

Skip This
Skip This
Logo