धरान फर्किएका मेयर हर्क साम्पाङ किन रोए ?

धरान फर्किएका मेयर हर्क साम्पाङ किन रोए ?

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । अन्तरिम सरकारको प्रधानमन्त्री बन्ने उद्देश्य बोकेर काठमाडौं आएपनि रित्तो हात फर्किएका धरान उपमहानरपालिकाका मेर हर्क साम्पाङ धुरुधुरु रोएको भिडियो यतिबेला भाइरल भएको छ । भिडियोमा उनले जेनजी आन्दोलनका क्रममा कोही नेता बाहिर ननिस्किएको बेला आफू बाहिर निस्केको तर आफूलाई पदको लोभ गर्यो भन्ने आरोप लगाएको भन्दै भावुक बनेका हुन् ।

भिडियोमा युवाले चाहेको मेयरलाई नपत्याएको उनको गुनासो छ । अब नेपाल विदेशीको कब्जामा जाने साम्पाङले चिन्ता पनि व्यक्त गरेका छन् ।

यही भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका कारण तत्कालिन प्रधानमनत्री केपी शर्मा ओलीले राजीनामा दिएपछि सरकार नेतृत्वविहीन बन्न पुगेको थियो । त्यसपछि उनी काठमाण्डौंमा अन्तरिम सरकार गठनको लागि प्रधानमन्त्रीको पदको अपेक्षा राखेर आएका थिए । तर, उनको अपेक्षा पूरा हुन सकेन ।

काठमाडौं आएकै दिन युवाहरूको समर्थन आफूलाई भएको बताउँदै उनी जंगी अड्डा पुगेका थिए । तर पत्याइएनन् । जेनजी पूस्ता र जेनजीको समर्थन रहेका काठमाडौंका मेयर बालेन शाहले समेत हर्क साम्पाङलाई नकार्दै प्रधानन्यायाधिश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा अघि सारे ।

त्यसपछि क्रोधित बनेका हर्क साम्पाङले जंगी अड्डामा आफ्ना समर्थक अघि सारे । त्यसैकारण पनि भन्नुपर्छ, प्रधानमन्त्रीको नियुक्ति केही दिन धकेलियो । तर काठमाडौं र जेनजी पुस्ताले पत्याएनन् । अहिलेसम्म साम्पाङलाई पपुलिस्ट मेयरको रूपमा मात्रै हेरे । केहीले खुलेर समर्थन पनि नगरेका पनि होइनन्, तर आवाज पर्याप्त भएन ।

काठमाडौंमा रहँदा उनले सामाजिक सञ्जाललाई सशक्त हतियार बनाए । मिनेट मिनेटमा पोष्ट सार्वजनिक गुर्नका साथै हजारौँ कल आइरहेको भिडियो नै सार्वजनिक गरे । तर उनको केही लागेन । अन्नतः प्रधानमन्त्रीमा सुशीला कार्की आइन् । त्यसपछि मेयर बालेनलाई टार्गेट बनाएका उनलाई खानेपानी र श्रम तथा रोजगार दुइटा मन्त्रालयको जिम्मेवारी आएको उनले नै दाबी गरेका छन् । तर उनले स्विकारेनन् ।

प्रधानमन्त्री नै बन्छु भनेर धरानबाट काठमाडौँ आई हल्लीखल्ली गरेका साम्पाङ यसबीच बालुवाटार पुगेर गृहमन्त्री बनाउन माग गरेको खबर पनि बाहिएको थियो तर उनले त्यसलाई झुट भनेका थिए । यसैबीच आफूलाई साह्रै खिसीटिउरी गरिएपछि उनले खानेपानी र श्रममन्त्री त बन्न भनेको तर आफू नमानेको दाबी गरे ।

साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘खानेपानी र श्रम तथा रोजगार दुइटा मन्त्रालय दिंदा पनि छोडेर नलिएको मान्छे हुँ म भारतीय दूतावास जानुपर्ने भनेपछि म हच्किएँ । पछि थाहा हुन्छ विरोधीलाई हर्क साम्पाङ को हो भन्ने ।’ हिजो नै धरान फर्किएका उनको आज यस्तो रोइरहेको भिडियो आएको हो ।

Skip This
Skip This
Logo