खानीखोला हाइड्रोपावरको शेयरमा आवेदन दिने म्याद थप

खानीखोला हाइड्रोपावरको शेयरमा आवेदन दिने म्याद थप

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । खानीखोला हाइड्रोपावर लिमिटेडले शतप्रतिशत ९१ः१० हकप्रद सेयर खरिदका लागि आवेदन दिने म्याद दोस्रो पटक थप गरेको छ ।

कम्पनीले ४६ करोड ५७ लाख १४ हजार ३ सय रुपैयाँ चुक्ता पूँजी बराबरको ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर १०० रुपैयाँ अंकित दरमा जारी गरेको हो । पहिलो म्याद भदौ २३ गतेसम्म तोकिए पनि मागअनुसार आवेदन नपरेपछि भदौ ३१ गतेसम्म लम्ब्याइएको थियो ।

हाल देशको परिस्थितिलाई मध्यनजर गर्दै अन्तिमपटक असोज ५ गतेसम्म आवेदन दिन सकिने भएको छ । यस हकप्रदका लागि असार २७ गते बुक क्लोज गरिएकोले असार २६ गतेसम्म कायम शेयरधनी मात्र आवेदन दिन योग्य हुनेछन् ।

आवेदन सिटिजन्स क्यापिटल लिमिटेड, सिटिजन्स बैंक, कुमारी बैंकका तोकिएका शाखाहरू र ‘मेरो शेयर’ प्रणालीबाट दिन सकिने भएको हो ।

Skip This
Skip This
Logo