काठमाडौँ । अग्रिम टिकट बुकिङको सम्बन्धमा यातायात व्यवस्था विभागले १९ बुँदे निर्णय गरेको छ । मंगलबार यातायात व्यवस्था विभागमा भएको सर्वपक्षीय छलफलले यस्तो निर्णय गरेको हो ।
यस अनुसार दसैँका लागि अग्रिम टिकटको बुकिङ खुलाउने निर्णय भएको छ । यद्यपि यसको मिति तोकिएको छैन । यस्तो बुकिङ अनलाइनमार्फत समेत गर्न सक्ने व्यवस्था मिलाइने समेत उल्लेख गरिएको छ ।

त्यस्तै, असोज ६ देखि २० गतेसम्म अत्यावश्यक वस्तु बोक्ने बाहेक ठुला सवारी साधन नारायणाघाटदेखि काठमाडौँसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय पनि गरिएको छ ।

त्यस्तै, घटस्थापनादेखि पूर्णिमासम्म देशभर रुट परमिट स्थगित गरिएको छ ।































प्रतिक्रिया