आर्सनलले एथ्लेटिक क्लबलाई उसकै मैदानमा हरायो

आर्सनलले एथ्लेटिक क्लबलाई उसकै मैदानमा हरायो

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । यूईएफए च्याम्पियन्स लिगमा आर्सनलले पहिलो खेलमा स्पेनिस क्लब एथलेटिक क्लबलाई २-० ले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

स्पेनमा भएको खेलमा आर्सनलले सुरुदेखि नै बल नियन्त्रणमा राखे पनि गोल गर्न दोस्रो हाफसम्म कुर्नुपर्‍यो। खेलको ७२औं मिनेटमा ब्राजिलियन फरवार्ड गाब्रियल मार्टिनेलीले गोल गर्दै आर्सनललाई १-० को अग्रता दिलाए।

पहिलो गोलपछि थप उत्साहित बनेको आर्सनलले खेलको ८७औं मिनेटमा दोस्रो गोल गर्‍यो। सब्स्टिच्युट खेलाडीको रूपमा मैदान छिरेका लियान्ड्रो ट्रोसार्डले गोल गर्दै आर्सनलको जित सुनिश्चित गरे।

एथलेटिक क्लबले घरेलु मैदानमा आर्सनललाई रोक्ने प्रयास गरे पनि कुनै गोल गर्न सकेन।

Skip This
Skip This
Logo