नारायणगढ–मुग्लिन सडकखण्डमा ढुङ्गा खसेर यात्रुको मृत्यु

नारायणगढ–मुग्लिन सडकखण्डमा ढुङ्गा खसेर यात्रुको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डमा मङ्गलबार साँझ गुडिरहेको बसमा ढुङ्गा खसेर एक यात्रुको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालका अनुसार तनहुँ बाट नारायणगढतर्फ गइरहेको ग२ख १८३६ नम्बरको बसमा इच्छाकामना गाउँपालिका–६ नाम्सीखोला पुलमा सडक माथिबाट ढुङ्गा खसेको थियो ।
उक्त घटनामा लमजुङ घलेगाउँकी ४६ वर्षीया ऐश्वर्या कामी गम्भीर घाइते भइन् । उनलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको थियो । तर, उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले बस र चालक तनहुँ म्याग्दे गाउँपालिका–२ का ३५ वर्षीय तेजकुमार शाही लाई नियन्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Logo