काठमाडौँ । नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन गरेको छ। यस्तै घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ । बुधबार साँझ माइतीघर मण्डलामा मौन धारण गरी दीप प्रज्वलन गरिएको हो ।
गत भदौ २३ र २४ गते काठमाडौँ लगायत देशभर जेनजी पुस्ताका युवाहरूले बेथितिविरुद्ध प्रदर्शन गरेका थिए । प्रर्दशनका बेला अहिलेसम्म ७४ जनाको ज्यान गएको छ । यस्तै कयौँ घाईते भएका थिए । केही घाईतेहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।































प्रतिक्रिया