जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको सम्झनामा टौखेलमा दीप प्रज्वलन

जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको सम्झनामा टौखेलमा दीप प्रज्वलन

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको सम्झनामा दीप प्रज्वलन गरिएको छ ।

बुधबार साँझ ललितपुरको गोदावरी स्थित टौखेलमा स्थानीहरुले मृतकको सम्झना दीप प्रज्वलन गरेका हुन् । जेन–जी पुस्ताको आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको सम्झनामा बुधबार देशैभर शोक मनाइएको थियो ।

सुशासन र भ्रष्टाचार निवारणको माग गर्दै भदौ २३ आन्दोलनमा उत्रेका जेन–जी पुस्तामाथि सरकारले निर्मम दमनका क्रममा १९ जनाको मृत्यु भएको थियो । प्रदर्शन हिंसात्मक बन्दा २४ गते देशभर तोडफोड र आगजनी समेत भएको थियो । २३ गतेको आन्दोलन र त्यसपछिका घटनाक्रममा अहिलेसम्म ७४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

Skip This
Skip This
Logo