चेल्सीमाथि म्यानचेस्टर युनाइटेडको रोमाञ्चक जित, दुवै टोली १० खेलाडीमा सीमित

चेल्सीमाथि म्यानचेस्टर युनाइटेडको रोमाञ्चक जित, दुवै टोली १० खेलाडीमा सीमित

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिगअन्तर्गत रोमाञ्चक खेलमा म्यानचेस्टर युनाइटेडले चेल्सीलाई २-१ गोल अन्तरले पराजित गरेको छ। ओल्ड ट्राफोर्डमा भएको यो खेलमा दुवै टोलीले एक-एक रातो कार्ड बेहोरेका थिए।

खेलको सुरुवातमै नाटकीय मोड आएको थियो। खेलको पाँचौं मिनेटमै चेल्सीका गोलकिपर रोबर्ट सान्चेजले रातो कार्ड पाएपछि चेल्सी १० खेलाडीमा सीमित भएको थियो। यसको फाइदा उठाउँदै युनाइटेडले लगातार आक्रमण गर्‍यो।

खेलको १४औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए। त्यसपछि, ३७औं मिनेटमा कासेमिरोले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए। पहिलो हाफको अतिरिक्त समयमा भने युनाइटेडलाई धक्का लाग्यो। कासेमिरोले दोस्रो पहेंलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि दुवै टोली १०-१० खेलाडीमा झरेका थिए।

दोस्रो हाफमा चेल्सीले पुनरागमनको निकै प्रयास गर्‍यो र गाेल गर्न भने सकेन ।

Logo