रोकियो स्वास्थ्यमन्त्रीमा सिफारिस डा. संगीता मिश्राको नियुक्ति

रोकियो स्वास्थ्यमन्त्रीमा सिफारिस डा. संगीता मिश्राको नियुक्ति

केन्द्रबिन्दु
81
Shares

काठमाडौं । स्वास्थ्यमन्त्रीका लागि सिफारिस भएकी पूर्वअतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्राको नियुक्ति रोकिने भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिश्राविरुद्ध भ्रष्टाचार आरोपमा छानबिन गरिरहेको जानकारी पाएपछि प्रधानमन्त्री सुशीला कार्कीले उनको नाम फिर्ता लिने तयारी गरेकी हुन् । प्रधानमन्त्री कार्कीले आइतबार नै मन्त्रीहरुको सूची राष्ट्रपति समक्ष पठाइसकेकी छन् ।

आइतबार प्रधानमन्त्री कार्कीले डा. मिश्रासहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, उद्योग वाणिज्य तथा आपूर्ति र भूमिसुधार मन्त्रीमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, कृषिमन्त्रीमा डा. मदन परियार र सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेललाई सिफारिस गरेकी थिइन् ।

मन्त्री बन्ने भएपछि डा. मिश्राले अतिरिक्त सचिवको पदबाट राजीनामा समेत दिएकी थिइन्। उनी स्वास्थ्य सेवाकी १२औं तहकी उच्च अधिकारी हुन् । यसअघि उनी सचिव बन्ने दौडमा थिइन्। गत फागुन २२ को मन्त्रिपरिषद बैठकले उनलाई छाडेर डा। विकास देवकोटालाई सचिव नियुक्त गरेको थियो। वरिष्ठता मिचेर सचिव नियुक्त गरेको भन्दै विवाद पनि भएको थियो।

तर योपटक आर्थिक अनियमिततामा जोडिएका कारण उनको नियुक्ति रोकिएको हो । स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव रहेकी मिश्रा स्वास्थ्य सेवा विभागको प्रमुख रहँदा निश्चित स्वास्थ्य उपकरण आपूर्तिकर्ताको स्वार्थमा काम गरेको आरोपमा मुछिएकी थिइन्।यसमा अख्तियार छानबिन गरिरहेको छ ।

Skip This
Skip This
Logo