नक्कली पीसीआर रिपोर्ट प्रकरण : मन्त्रालयद्वारा छानबिन समिति गठन

नक्कली पीसीआर रिपोर्ट प्रकरण : मन्त्रालयद्वारा छानबिन समिति गठन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नक्कली पीसीआर रिपोर्ट प्रकरण छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । मन्त्रालयले बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुका डा. मुकुन्द शर्माको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो।

समितिमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण, महाशाखा, टेकुका डा. अमृत पोखरेल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ल्याब विज्ञ बलराम गौतम सदस्य रहेका छन् । मन्त्रालयले समितिलाई २४ घण्टाभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।

सांस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले छानबिन र कारबाहीको माग गर्दै कात्तिक २८ गते लेखेको पत्र अनुसार स्वास्थ्य मन्त्रालयले छानबिन समिति गठन गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार छानबिन समितिलाई २४ घण्टाभित्र सत्यतथ्य छानबिन गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।

छानबिन समिति सदस्य गौतम निजी क्षेत्रबाट सञ्चालिन डिकोड ल्याबमासमेत आवद्ध छन् ।अन्नपूर्णबाट

Skip This
Skip This
Logo