जिल्ला अस्पताल बाजुरामा जिवनजलको अभाव

जिल्ला अस्पताल बाजुरामा जिवनजलको अभाव

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ। जिल्ला अस्पताल बाजुरामा जिवनजलको अभाव भएको छ । झाडापखाला लाग्दा जोगाउने अचुक औषधिको रुपमा मानिने ओआरएस अर्थात जिवनजल अस्पताल बाजुरामा अभाव भएको पाइएको हो । सरकारले निःशुल्क वितरण गर्दै आएको जीवनजल अहिले अस्पताल बाजुरामा नभएको पाईएको छ । जिवनजल नहुँदा झाडापखालाका विरामीहरुले सास्ती खेप्नु परेको छ ।

झाडापखाला लागिरहेको बेला अस्पताल गएर जीवनजल माग्न खोज्दा सकिएको र जीवनजल सकिएको हो भनेर सोध्दा स्वास्थ्यकर्मीले उतर दिन अन्कनाई गरेको स्थानीय गणेशराज तिमिल्सेनाले बताए । यता अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीसंग फोनबाट सोध्दा सायद सकिएकै हुन सक्ने जवाफ दिएका छन् ।

जीवनजल सकिएकै होला, नयाँ खरिद प्रक्रियाको कार्य भईरहेकोले चाडैं खरिद गरिने जवाफ दिए । स्वास्थ्य कार्यालय बाजुराले आपतकालीन रूपमा एक सय पाकेट उपलब्ध गराएको थियो । तर दुई दिनमै सकिएको हो ।

Logo