गुण्डुमा एमाले अध्यक्ष ओलीले बढाए सक्रियता, नेताहरूलाई ‘हरेस नखान’ आग्रह

गुण्डुमा एमाले अध्यक्ष ओलीले बढाए सक्रियता, नेताहरूलाई ‘हरेस नखान’ आग्रह

केन्द्रबिन्दु
69
Shares

भक्तपुर । ‘जेन-जी’ विद्रोहपछि सत्ताबाट बाहिरिएका पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक भेटघाटमा सक्रियता बढाएका छन् ।

बालकोटस्थित उनको निजी निवासमा आगजनी भएपछि अहिले भक्तपुरको गुण्डुमा डेरा खोजेर बसेका अध्यक्ष ओली पार्टीलाई पुनर्गठन गर्ने र भावी रणनीतिको तयारीमा जुटेका हुन् ।

एमाले नेता महेश बस्नेतका अनुसार अध्यक्ष ओलीले पार्टीका नेताहरूसँगको भेटघाटलाई तीव्र पारेका छन् । पछिल्लो चार दिनमा उनले पार्टीका अधिकांश पदाधिकारी, स्थायी कमिटी सदस्यहरू र प्रदेश कमिटीका नेताहरूसँग छलफल गरिसकेका छन् ।

यी भेटघाटहरूमा अध्यक्ष ओलीले पार्टीमा देखिएको पछिल्लो चुनौतीलाई ‘विदेशी षड्यन्त्र’का रूपमा व्याख्या गर्दै नेताहरूलाई ‘हरेस नखान’ र एकजुट भएर अगाडि बढ्न आग्रह गरेका छन् । उनले पार्टीलाई मजबुत बनाउन र आगामी निर्वाचनका लागि तयार रहन निर्देशन पनि दिएका छन् ।

Skip This
Skip This
Logo