काठमाडौं । जेन जी प्रदर्शनका क्रममा भदौ २४ गते वीरगन्जमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुङ्टाको घरमा भएको आगजनीमा परेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ।
आगजनीमा परी गम्भीर घाइते भएकी एक घरेलु महिला मजदुरको उपचारका क्रममा आज र्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको हो । उनको शरीरको ५० प्रतिशत भाग जलेको थियो।
घटना लगत्तै उनलाई वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचारार्थ भर्ना गरिएको थियो। तर अस्पतालले रिफर गरेपछि बर्न अस्पताल भर्ना गरिएको थियो।
उक्त आगजनीको घटनामा भारत बिहारको सुगौली निवासी १८ वर्षीय विनय यादव पनि गम्भीर घाइते भएका छन्। आगजनीका क्रममा रुंगटाको घरको परिसरमा रहेका अन्य चारवटा घरमा समेत तोडफोड र लुटपाट भएको थियो ।





























प्रतिक्रिया