धम्बोझीमा ट्याक्टरको ठक्करबाट एकको मृत्यु

धम्बोझीमा ट्याक्टरको ठक्करबाट एकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ। नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीमा आज ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

भे १२ प ९४८७ नं को पल्सर मोटरसाइकललाई भे १ त ७७८४ नं को ट्याक्टरले ठक्कर दिँदाँ भेरी आयल, नेपालगञ्जका सञ्चालकसमेत रहेका नेपालगञ्ज –१ निवासी मोटरसाइकल चालक ५५ वर्षीय कर्णबहादुर थापाको मृत्यु भएको हो ।थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक यामबहादुर मल्लले जानकारी दिए ।

नेपालगञ्ज –१ का वडाध्यक्ष प्रमोद रिजालले थापा निधनले आफू मर्माहत भएको भन्दै भारतको चेन्नईमा अध्ययनरत मृतकका छोरा फर्किएपछि अन्तिम संस्कार गरिने जानकारी पाएको बताए।

Skip This
Skip This
Logo