माधव सुनुवार र रचना रिमालको ‘दुई दिनको जिन्दगीमा’ सार्वजनिक

माधव सुनुवार र रचना रिमालको ‘दुई दिनको जिन्दगीमा’ सार्वजनिक

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । गायक माधव सुनुवार र गायिका रचना रिमालको स्वरमा नयाँ गीत ‘दुई दिनको जिन्दगीमा’ सार्वजनिक भएको छ । यो गीत माधव सुनुवारको आफ्नै युट्युब च्यानलमा हेर्न सकिन्छ ।

गीतमा शब्द र संगीत पनि गायक सुनुवारकै रहेको छ। दीपक काउछा मगरले एरेन्ज गरेको यो गीतलाई नरेश बिबिसीले मिक्सिङ गरेका हुन्।

आर.आर. कलेजमा अध्ययनरत माधव गाउनुका साथै अभिनयमा पनि रुचि राख्छन्। केही चर्चित गीतहरूमा मोडलिङ गरिसकेका उनको यो भने पहिलो गीत हो। गीतको म्युजिक भिडियोमा स्वयं माधव र रचना रिमाल फिचर्ड छन्।

कृष्ण पाण्डेले छायांकन गरेको यो भिडियोमा दुवै कलाकारको अभिनय देख्न सकिन्छ।

Logo