२२ वर्षपछि सुजुकीकाे लोगो परिवर्तन

२२ वर्षपछि सुजुकीकाे लोगो परिवर्तन

केन्द्रबिन्दु
9
Shares

काठमाडाैं । सुजुकीले २२ वर्षपछि आफ्नो लोगोमा परिवर्तन गरेको छ ।

कम्पनीले आफ्नो क्लासिक ‘एस’ अक्षरलाई यथावत राख्दै, डिजिटल युगका लागि उपयुक्त फ्ल्याट डिजाइन अपनाएको हो । यो नयाँ लोगो कम्पनीको नयाँ नारा “बाई यार साइड” लाई प्रतिबिम्बित गर्दछ र यसले ग्राहकमुखी दृष्टिकोणलाई प्राथमिकता दिँदै भविष्यका सम्भावनाहरूलाई पनि समेटेको छ ।

नयाँ लोगोमा परम्परागत क्रोम प्लेटिङको सट्टा उच्च–चमक सिल्भर पेन्ट प्रयोग गरिएको छ, जसले वातावरणीय असर कम गर्न मद्दत गर्छ । यो लोगो आगामी अक्टोबर ३० मा “जापान मोबिलिटी शो २०२५” मा सुजुकीका कन्सेप्ट मोडेलहरूसँगै सार्वजनिक गरिनेछ ।

यस परिवर्तनको मुख्य कारण डिजिटल युगमा लोगोको प्रयोग बढेकाले यसलाई साना स्क्रिनहरू र अनलाइन प्लेटफर्महरूमा अझ राम्रोसँग देख्न सकियोस् भन्ने हो ।

Logo