“खोजी आवाजको” पहिलो विजेता भए सुर्खेतका धीरेन्द्र र अछामकी पवित्रा

“खोजी आवाजको” पहिलो विजेता भए सुर्खेतका धीरेन्द्र र अछामकी पवित्रा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

रेडियो काठमाडौं र डिएआर मुभिजको सहकार्यमा रेडियो काठमाण्डुको कार्यक्रम ईन्द्रेणीको बसाईमा “खोजी आवाजको” पहिलो चरणको विजेता सुर्खेतका धीरेन्द्र सलामी मगर र अछामकी पवित्रा खड्का भएका छन् ।

लोक गीत, दोहोरी गाउने क्षमता भएकाहरुका लागि रेडियोको माध्यमबाट नयाँ कलाकारको खोजी अभियान सुरु गरिएको डिएआर मुभिजका सदस्य राजाराम गौतमले बताए ।

बिजेताहरूलाई एक्सन स्टुडियो नेपालले एउटा गीत रेकर्ड गर्ने अवसर दिनेछ र त्यस गीतको बजार व्यवस्थापन डिएआर मुभिजले गर्नेछ । विजयी प्रतियोगीले विजेता भएको मितिले १ महिनाभित्र गीत रेर्कड गराउन स्टुडियोमा सम्पर्क गरिसक्नु पर्ने गौतमले जानकारी दिए ।

देशभरका एक सय भन्दा बढि रेडियो एफ एमहरूबाट एकै साथ प्रशारण हुने कार्यक्रम ईन्द्रेणीमार्फत देशभरका लोक गीत प्रेमीहरूले कार्यक्रममा सहभागिता जनाएका थिए । कार्यक्रमको संचालन ईन्द्रेणीका संचालक चर्चित कार्यक्रम प्रस्तोता तथा रेडियो काठमाण्डुका स्टेशन म्यानेजर चन्द्रमणि गौतमले गर्ने गरेका छन् । । “खोजी आवाजको” प्रतियोगिताको निर्णायकमा लोक दोहोरी गायक तथा श्रष्टा घमेश दुलाल र प्रभावन जे रहेका छन् ।

पहिलो रेडियो अडिसनमा सीता मगर भोजपुर, धनराम परियार काठमाडौं, उपेश परियार दाङ, महेश दवाडी काठमाडौं, छिना गुरूङ भोजपुर र पृथ्वीराज बडुवाल साउदी अरेवियाबाट सहभागी भएका थिए । धनराम परियार र सीता मगर पहिलो अडिसनबाट छनौट भएका थिए ।

यस्तै दोस्रो रेडियो अडिसनमा कैलास कैनी डडेलधुरा, थामी मगर प्युठान, रमेश विश्वकर्मा गुल्मी, बबिता पुन रोल्पा, पवित्रा खड्का अछाम र स्वोता सुनार गुल्मीबाट सहभागी भएका थिए । कैलास कैनी र पवित्रा खड्का अडिसनबाट छनौट भएका थिए ।

यस्तै तेस्रो रेडियो अडिसनमा पूर्ण कुमार तिवारी काठमाडौं, पवित्रा आले मगर काठमाडौं, नविन बोहरा डोटी, कल्पना मगर सल्यान, पासाङ शेर्पा भोजपुर र धीरेन्द्र सलामी मगर सुर्खेतबाट सहभागी भएका थिए । धीरेन्द्र सलामी मगर र पूर्ण कुमार तिवारी अडिसनबाट छनौट भएका थिए ।

तीन अडिसनबाट ६ जना छानिएका थिए । जसमा धनराम परियार, सिता मगर, पवित्रा खड्का र धीरेन्द्र सलामी मगर रहेका थिए । फाइनलमा प्रतिस्पर्धाबाट सुर्खेतका धीरेन्द्र सलामी मगर र अछामकी पवित्रा खड्का विजयी भएकी हुन् ।

Logo