परियारले छोएको चर्मकारले खादैनन, चर्मकारले छोएको विश्वकर्माहरुले खादैनन ।  यी तीनै जातले वादी जातीले छोएको खादैनन् । "/>

बाहुन-दलितको विभेद त हट्ला, दलित-दलितको विभेद नि ?

बाहुन-दलितको विभेद त हट्ला, दलित-दलितको विभेद नि ?

केन्द्रबिन्दु
0
Shares

परियारले छोएको चर्मकारले खादैनन, चर्मकारले छोएको विश्वकर्माहरुले खादैनन । यी तीनै जातले वादी जातीले छोएको खादैनन् । खोई ‘विश्वकर्मा-परियार’ या ‘चर्मकार-बादी’ विहे हुन सकेको ? अहिले पनि मन्त्रालयको सचिव र गाविसको सचिवको जात मिलेपनि वर्ग मिल्दैन त्यहाँ पनि छ विभेद । परिवर्तन सबैभन्दा पहिला आफु र आफ्नो घरबाट सुरु गर्नुपर्छ तव मात्र समग्र समाजको परिवर्तन सम्भव छ।

दलितहरुले छुवाछुतको मुद्दा उठाउदा जहिले पनि कथित ‘छुत’ या माथिल्लो जात भनिएकाहरुले आफुहरुलाई ‘अछुत’ बनाए भन्छन । सयौं वर्षदेखि मन्दिरमा पस्न नपाउनु, बाहुनहरुको भान्छासम्म सहज पहुच नपाउनु मात्रले दलितहरुको मनमा गहिरो कुण्ठा जन्माई दिएको छ । तर दलित अधिकारकर्मीहरु आफ्नो समुदायभित्रै छुवाछुतको विकराल समस्या रहिआएकोमा चुईक्कसम्म बोल्न सकेका छैनन् । 

मेरो गाउमा स्वरेकको परियारले छोएको पेखुको चर्मकारले खादैनन । पेखुको चर्मकारले छोएको पिर्तिपका विश्वकर्माहरुले खादैनन। माथी उल्लेखित तीनवटै जातले वादी जातीले छोएको खाने कुरै नगरम बादीहरुलाई आँगन पिंढीमा टेक्नसम्म दिदैनन । अव यहाँ बुझिनसक्नुको कुरा के छ भने आफुभित्रै रहेको छुवाछुत सम्वन्धी विकराल स्वरुपलाई नजरअन्दाज गर्ने दलित अधिकारकर्मीहरुले ‘छुवाछुत सम्वन्धी सम्पुर्ण आक्रोश’ किन बाहुन क्षत्रीहरुमाथी मात्रै पोख्छन ? सामाजिक विसंगतिको सुद्दीकरण त आफैभित्र बाट सुरु हुनुपर्ने होईन र ?

सामाजिक संजालमा छुवाछुतको मुद्दालाई लिएर बाहुनलाई न्वारनदेखीको बल लगाएर जसले गाली गर्न सक़्यो उही अधिकारकर्मी जस्तो देखिन्छ अहिले । किनकी आफुलाई जती गाली गरे पनि त्यसको प्रतिवाद गर्दैनन बाहुनहरु । चुपचाप सुन्छन र सहन्छन, अपमान या गालीको जवाफ फर्काउदैनन । बोलीमा होईन ब्यबहारमा बिस्वास गर्छन बाहुनहरुले । नयाँपुस्ताले छुवाछुतलाई मान्न छाडिसक्यो ।

अहिले बाहुनहरुको नयाँ पुस्ता समानतामा बिश्वाश गर्छ भन्ने तर्कमा एकजना दलित साथीले कमेन्ट गरे “त्यसोभए कुन बाहुन तयार भयो त दलितलाई कन्यादान गरेर छोरीको बिहे गराउन ?” उनको यो कमेन्ट पछी मलाइ बिश्वाश भयो कि जहिलेसम्म दलित समुदायले बाहुन समुदायमा निर्वाध बिहे गर्न पाउदैन त्यो दिनसम्म आफु उपेक्षित भएको महसुस गरिरहनेछन ।

कहिलेकाँही मेरो मनमा अचानक यो कुरा पलाउछ कि आखीर दलितहरु आफै बाहुनको आँगनको डिल कटेर अगाडी जादैनन । त्यसमा उनीहरुको श्रद्दा र विश्वास पनि छ। तर म आफु त छुवाछुत मान्दिन। मेरो खेतमा कामगर्ने हाम्रा काल्दाई (हली)को खाजा म खाईदिन्छु तर उनी भन्छन “विष्ट तिम्ले त खाउ तर मैले छोएको तिम्रा बालाई ख्वाउन हुन्न मलाई पाप लाग्छ” । उनी आँफै पापसंग डराउछन त्यो परम्परा हो । हाम्रा हलीदाई भन्छन “मैले मान्छु तपाईहरुको पुष्ताले मानोस या नमानोस मलाई मतलव भएन”। अव म उनको आत्मसम्मानमा चोट कसरी पुर्याउँ ? कसरी बोलाउँ मेरो भान्छामा ?

समाज परिवर्तन हुदै गईरहेको छ। मन मिलेका जोडीहरुले छुत या अछुतको पर्वाह नगरी विहे पनि गरिरहेछन तर ‘वाहुन-दलित’ वैवाहिक संबन्धले मात्र छुवाछुतमा परिवर्तन आउने हो र ? खोई ‘विश्वकर्मा-परियार’ या ‘चर्मकार-बादी’ विहे हुन सकेको ? भईहालेको भएपनि खै उदाहरणीय बनेको? यहा मान्छेहरु विहे पनि चर्चाको लागी पो गर्छन क्याहो जस्तो लागीरहेछ। मनमा हजार पछुतो बोकेर सरकारले उपलब्ध गराउने पैसाको प्रलोभनमा भएका बिहे पनि देखीए यहि समाजमा ।

यो कुरा लेखीरहदा मैले हाम्रो गाउकी एकजना पंगेनी बैनीलाई संझीरहेछु जस्ले आफ्नो नामको पछाडी गर्वका साथ विश्वकर्मा लेख्छिन । बाहुनी केटी भगाएर विहे गर्दा पौरख गरेको ठान्नुहुन्छ दलित साथीहरु तर कोही विश्वकर्मा वर्गको दलित साथीले परियार वर्गकी छोरी विहे किन गर्नुहुन्न त ? ‘परियारकी छोरी बिहे गरेर ल्याएको अवस्थामा बिश्वकर्मा परिवारमा मान्य हुँदैन । त्यसरी बिहे गर्नेलाई आफ्नै घरमा छिर्न दिदैनन अघिल्लो पुस्ताहरुले । त्यो परिस्थिति सुधार गर्नतिर किन अग्रसर हुदैनन् दलित अगुवाहरु? कुरा बुझिनसक्नु छ । परिवर्तन सबैभन्दा पहिला आफु र आफ्नो घरबाट सुरु गर्नुपर्छ तव मात्र समग्र समाजको परिवर्तन सम्भव छ।

सामाजिक संजालमा भएको एउटा बहसमा जिवन गोतामे भन्ने व्यक्तिले आफ्नो निरीहता प्रकट गर्छन । ‘कतिपय अवस्थाहरु भोगाई र वास्तिकतामा आधारीत हुन्छन जुन कुरा महशुस गर्नका लागि भोग्नै पर्ने हुन्छ । एउटा कामीको बच्चालाई “कामीको छाउरो यता नआईज” भनेर धपाउदा उसले के महशुस गर्छ, त्यो हामीलाई थाहा छ। एउटा दमाइलाई मन्दिर जादा गलत्याएर निकाल्दा के हुन्छ त्यो हाम्रो भोगाइले बताउछ। पानीको धारो छोएको निहुमा मान्छे मारिदा के हुन्छ ? हामीलाई राम्रै संग थाहा छ।

जिवन अझ अगाडि थप्छन- “कृपया सक्नुहुन्छ र तपाईभित्र पण्डीतहरुले दानवता भरिदीएका छैनन भने समानताको यो अभियानमा साथ दिनुहोस । अन्यथा हासोमा उडाउने काम नगर्नुस। अर्काको पिडालाइ हाँसोमा उडाउने अधिकार तपाइलाई छैन”।

गोतामेको यो आक्रोस पनि जायज छ । तसर्थ मलाई थप्न मन लाग्यो । बाहुनी वुहारी भित्र्याउदा बाहुनसंग वरावरी हुने आन्दोलनमा ईट्टा थपिएको महसुस गर्ने दलित समुदायले दलित दलित विचमा विभेद गर्न हुदैन भन्ने मुख्य कुरा किन मनन गर्न नसकेका होलान? दलितहरुमाथी पाशविक ब्यवहार गर्नु निन्दनिय छ। दलित भएकै कारण हेपिनु अथवा च्यापीनु कुनै अर्थमा मनासिव हो भन्न खोजीएको हैन तर एउटा विस्वकर्माले बाहुन समुदायमा विहे गरेर बाहुनको बराबर हुनलाई प्रयास गर्छ भने दलित भित्रैको विभेद हटाउन अर्को चर्मकार या गोतामेले परियार समुदाय या बादी समुदायमा विहे गर्ने कुरामा दलीत समुदाय नै अनुदार किन ? फेरि यो समस्या दलितको मात्र होईन बाहुनहरुमा पनि छ उपाध्याय जैसीको नाममा बर्ग विभाजन छ। क्षत्रीमा पनि छ खस र खान्दानी गरेर। जातीय विभेद जरैदेखि उखेल्ने नै हो भने सुरुवात आफैबाट गर्दा उपयुक्त हुन्छ ।

सुरुमा समुदाय विशेषलाई काम या रोजगारी बाडफाड गरिएको थियो । कालान्तरमा त्यही काम जातिय पहिचान भएको हो। अहिले पनि मन्त्रालयको सचिव र गाविसको सचिवको जात मिलेपनि वर्ग मिल्दैन त्यहाँ पनि छ विभेद । मैले भन्न खोजेको गाविसको सचिवको छोरीलाई मन्त्रालयको सचिवको छोराले विहे गर्दैन किनकी त्यहा हैसीयतले बाधा उत्पन्न गर्छ । हो त्यै हो वर्गीयता । कुनै न कुनै रुपमा हाम्रो समाजमा यस्ता विभेदहरु नयाँनयाँ रुपमा रहिरहनेछन। 

समाज अशीक्षित रहदासम्मको कुरा अलग्गै थियो अहिले दलित समुदायका साथीहरु निकै शिक्षीत हुदै जानुभएकोछ तर पनि उहाँहरु आफुभन्दा माथील्लो जातीसंग बराबरी गर्न सक्नुलाई मात्र सामाजीक परिवर्तन मान्नुहुन्छ । आफुभन्दा तल रहेका आफ्नै वर्गको अपमान गरिरहनुहुन्छ । यो त ठिक भएन नि होइन र ? 

एउटा जातीको मान्छेले गोरु पिट्दा अर्को जातीको नाम लिएर पिट्छ । जस्तो की विस्वकर्मा (कामी) जातीले गोरुसंग रिस उठ्दा “तलाई सार्कीले खानुपर्ने” भनेर गाली गरेको र आफुभन्दा तल्लो जातीलाई हेयको दृष्टीले हेर्ने गरेको पाईन्छ। पहिला हामी समुदायगत रुपमा बराबर हौं भनेर सम्पुर्ण दलितहरु एक नभएसम्म आफुभन्दा माथील्लो र सम्पन्न वर्गसंग लड्न सकीन्न। तसर्थ दलित दलित विचको बर्ग विभेद पहिला हटाउनु पर्छ तव मात्र छुवाछुत सम्वन्धी आन्दोलनले कुनै दिशा लिन सक्छ। नत्र बाहुन-दलित विचको टकराव त सकीएला तर दलित दलित विचको विभेद जस्ताको तस्तै रहनेछ ।

Skip This
Skip This
Logo