काठमाडौँ
सरकारले सगरमाथाको उचाइ मापन गर्दैछ । शेर्पा आरोही मार्फत जिपिएस (ग्लोबल पोजिसनिङ सिस्टम) उपकरण सगरमाथाको शिखरमै पुर्याएर उचाइ मापन गर्ने भएको हो । मौसमको अनुकूलताका आधारमा ०७६ वैशाख देखि असोज सम्म उपकरणसहित शेर्पा टोलीलाई सगरमाथाको शिखरमा पुर्याउने सरकारी कार्ययोजना छ ।
नापी विभागको तालुक अड्डा कृषि, भूमिसुधार तथा व्यवस्था मन्त्रालयले प्रधानमन्त्री कार्यालयलाई असार अन्तिममा पेस गरेको कार्ययोजना अनुसार असोज सम्म सगरमाथा मापन सम्पन्न हुनेछ । ‘असोज सम्म शेर्पा टोली मार्फत जिपिएस सिस्टम सगरमाथाको शिखरमा पुर्याउने लक्ष्य छ,’ नापी विभागका महानिर्देशक गणेश प्रसाद भट्टले भने, ‘प्राविधिक टोली सगरमाथा आरोहण गर्ने अवस्थामा हुँदैन, शेर्पाहरूलाई जिपिएस उपकरण पठाएर उचाइ मापन गर्छौँ । त्यतिन्जेल थुप्रै तयारी गर्नु पर्नेछ ।’
सरकारले पहिलोपटक आफ्नै खर्चमा सगरमाथाको उचाइ मापन गर्न लागेको हो । सन् १९५४ मा नेपालको स्वीकृतिमा भारतको सर्भे अफ इन्डियाको टिमले सगरमाथाको उचाइ मापन गरेको थियो । त्यही आधारमा सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर भनिँदै आइएको छ ।
नयाँ पत्रिकाबाट































प्रतिक्रिया