तपाईंको यो साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

तपाईंको यो साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

केन्द्रबिन्दु
9
Shares

२०८२ असोज १२ देखि १८ गतेसम्मको राशिफल ।

ज्योतिष शास्त्रअनुसार ब्रह्माण्डमा मुख्यतः नौ ग्रह छन्—सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु । त्यस्तै, कुल १२ राशि हुन्छन्। वैदिक ज्योतिषमा जन्म समयमा चन्द्रमा रहेको राशिलाई ‘चन्द्र राशि’ भनिन्छ, र यही राशिका आधारमा जातकको स्वभाव, भविष्य तथा दैनिक जीवनका घटनाहरूको विश्लेषण गरिन्छ।

हामी यही चन्द्र राशि र ग्रहहरूको गोचर अनुसार साप्ताहिक राशिफलको मूल्याङ्कन गरी तपाईंलाई मार्गदर्शन प्रदान गर्दछौं । साप्ताहिक राशिफलको माध्यमबाट तपाईंले जान्न सक्नुहुन्छ कि यो साता तपाईंको लागि कस्तो रहनेछ, के–के नयाँ परिवर्तन आउन सक्छन्, र भाग्यले कति साथ दिनेछ।

हामीले प्रस्तुत गरेका उपायहरू ग्रहजन्य बाधा–विघ्न हटाउन र सप्ताहलाई शुभ बनाउन सहायक हुने विश्वास लिएका छौं। यद्यपि, सबै राशिका जातकहरूलाई सबै कुरा समान रूपमा लागू नहुन पनि सक्छन्, किनभने यी भविष्यवाणीहरू ग्रहहरूको गोचर र त्यसको प्रभावका आधारमा गरिएका हुन्। तर, यदि तपाईंले सुझाइएको उपाय अपनाउनुभयो भने, यो साता तपाईंका लागि अधिक लाभदायक र सफल रहन सक्नेछ। हेराैं, ज्योतिषी आचार्य श्री डा. प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल–

मेष राशि

मेष राशि हुनेहरुका लागि यो साता व्यस्त र जिम्मेवारीपूर्ण रहनेछ । अचानक नयाँ काम र जिम्मेवारी बढ्ने सम्भावना छ जसलाई पूरा गर्न थप समय र मेहनत आवश्यक हुनेछ। नोकरीपेशा व्यक्तिहरूले काम गर्दा विशेष सावधानी अपनाउनु पर्नेछ। अरूमाथि अत्यधिक विश्वास गर्नु हानिकारक हुन सक्छ, त्यसैले कार्यक्षेत्रमा विरोधीहरूबाट सचेत रहनुहोस् र वरिष्ठसँग राम्रो तालमेल राख्नुहोस्।

व्यवसाय गर्नेहरूले उतारचढावको सामना गर्नुपर्ने देखिन्छ। साझेदारीमा काम गर्नेहरूले पार्टनरसँग सम्बन्धमा असुरक्षा अनुभव गर्न सक्छन्, त्यसैले कारोबारसम्बन्धी निर्णय सोचविचार गरेर मात्र लिनु उचित हुनेछ।

साताको उत्तरार्धमा लामो दूरीको यात्रा सम्भव छ। पारिवारिक जीवन सामान्य रहनेछ र घरपरिवारका सदस्यहरूको सहयोग प्राप्त हुनेछ। परिवारसँग खुसीका पल बिताउने अवसर आउन सक्छ। मानसिक तनाव केही रहने भए पनि स्वास्थ्य सामान्य रहन्छ। विद्यार्थीहरूले मनचाहेको परिणामका लागि बढी मेहनत गर्नुपर्नेछ।

यस सातामा नयाँ प्रोजेक्ट र पुराना कामलाई अघि बढाउन अनुकूल समय छ। अवसरलाई सदुपयोग गर्नुहोस् तर हतार नगर्नुहोस्। कुनै निर्णय गर्नुअघि विश्वासिला मानिससँग सल्लाह लिनुहोस् र मानिसहरु सङ सौम्य व्यवहार राख्नुहोस्। कार्यक्षेत्रमा अनुशासन र धैर्य जरुरी छ, साना गल्तीहरूले समस्या दिन सक्छन्। वरिष्ठको सहयोग पाउनुहुनेछ। व्यापारमा नयाँ अवसर आउन सक्छ तर लगानी सोचविचार गरेर मात्र गर्नु लाभदायक हुनेछ।

उपाय- दैनिक हनुमानजीको पूजा गरी चालीसा पाठ गर्नु शुभ हुनेछ।

वृष राशि

वृष राशिका जातकहरूका लागि यो साता मिश्रित रहनेछ । मेहनत गरे पनि अपेक्षित परिणाम कम मिल्ने सम्भावना छ। साना–साना काम सम्पन्न गर्न बढी भागदौड गर्नुपर्ने स्थिति आउन सक्छ। साताको सुरुवातमा पारिवारिक विषय वा पैतृक सम्पत्तिसम्बन्धी विवादले मन खिन्न हुनसक्छ।

उच्च शिक्षा, विदेशमा करियर वा व्यवसायमा सफलता पाउन अझै केही समय प्रतीक्षा गर्नुपर्ने देखिन्छ। व्यवसाय गर्नेहरूले लगानी वा पैसासम्बन्धी निर्णय गर्दा बढी सावधानी अपनाउनुपर्छ। असमञ्जसमा कुनै पनि योजनामा धन नलगाउनु राम्रो हुन्छ। खर्च गर्दा आफ्नो क्षमता ध्यानमा राख्नु आवश्यक छ, नभए ऋण लिनुपर्ने परिस्थिति आउन सक्छ।

घरभित्र वा बाहिर कुराकानी गर्दा विनम्रता र स्पष्टता आवश्यक छ। पारिवारिक सम्बन्ध सुदृढ बनाउन समय निकाल्नुहोस्। स्वास्थ्यतर्फ साताको सुरुवातमा मौसमी रोग वा पुरानो समस्या दोहोरिन सक्छ, तर उत्तरार्धमा सुधार आउनेछ।

आर्थिक हिसाबले सातो केही चुनौतीपूर्ण रहन सक्छ, त्यसैले खर्च र लगानी सोचविचार गरेर मात्र गर्नु उचित हुन्छ। नोकरीपेशा व्यक्तिहरूका लागि सुरुवातमा समय अनुकूल नदेखिए पनि अन्त्यतिर राम्रो समाचार वा अवसर प्राप्त हुने सम्भावना छ। व्यापार गर्नेहरूलाई साताको उत्तरार्धमा अचानक लाभ मिल्ने योग छ। साझेदारीमा काम गर्नेहरूलाई आपसी तालमेलले फाइदा हुनेछ। विद्यार्थीहरूका लागि साता सकारात्मक रहनेछ र अन्त्यतिर सुखद समाचार प्राप्त हुने सम्भावना छ। प्रेम सम्बन्ध सामान्य रहला र पारिवारिक सुख प्राप्त हुनेछ।

उपाय- दैनिक पारद शिवलिङ्गको पूजा गरी रुद्राष्टकम् पाठ गर्नु शुभ हुनेछ।

मिथुन राशि

कामकाजमा अपेक्षाभन्दा बढी सफलता र लाभ प्राप्त हुनेछ । साताको सुरुवातमा छोटो वा लामो दूरीको यात्रा हुन सक्छ र अचानक कामको बोझ बढ्ने सम्भावना छ, तर सहयोगी र शुभचिन्तकको साथले सबै काम समयमा पूरा गर्न सकिनेछ।
नोकरीपेशा व्यक्तिहरूका लागि वरिष्ठ अधिकारीहरू प्रसन्न रहनेछन्।

पद र प्रतिष्ठा बढ्ने योग छ। कार्यक्षेत्र र परिवार दुवै ठाउँमा तपाईंका निर्णयहरूको प्रशंसा हुनेछ। व्यवसाय गर्नेहरूले साताको उत्तरार्धमा कारोबार विस्तारका लागि प्रयास गर्न सक्छन्, तर कुनै ठूलो कदम चाल्दा शुभचिन्तकको सल्लाह लिनु आवश्यक हुनेछ।

घर परिवारतर्फ साता अनुकूल रहनेछ। घरमा शुभकार्य सम्पन्न हुने सम्भावना छ। परिवारका सदस्यसँग सम्बन्ध मधुर रहनेछ र वातावरण सुखद रहनेछ। साझेदारीमा गरेका काम सफल हुनेछन्। आर्थिक लाभको सम्भावना छ, तर अनावश्यक खर्च, हतारमा गरिएको निर्णय र विवादबाट बच्नु आवश्यक छ। सप्ताहभर नयाँ अवसर मिल्नेछ तर जिम्मेवारी पनि बढ्नेछ। ध्यान र धैर्यपूर्वक काम गर्दा सफलता मिल्नेछ।

प्रेमसम्बन्ध र वैवाहिक जीवन सुखद रहनेछ। प्रेम सम्बन्ध अझ प्रगाढ हुनेछ र पार्टनरसँग खुसीका पल बिताउने अवसर प्राप्त हुनेछ।

उपाय- दैनिक भगवान् श्रीगणेशलाई दूबो अर्पण गरी गणपति अथर्वशीर्षको पाठ गर्नु शुभ हुनेछ।

कर्कट राशि

यस सातामा तपाईंले अनावश्यक तर्क–वितर्क भन्दा आफ्ना लक्ष्य र काममा ध्यान दिनुपर्नेछ । कार्यक्षेत्रमा विरोधीहरूको चलखेलबाट बच्न सजग रहनुहोस्। कुनै पनि जिम्मेवारी अरूको भरमा छोड्दा बनिसकेको काम बिग्रिन सक्छ, त्यसैले आफ्नै लगनशीलताले काम पुरा गर्नु उत्तम हुन्छ।

नोकरी गर्नेहरूका लागि यो सातामा समयमै र राम्रो ढंगले काम पुरा गर्नु विशेष महत्त्वपूर्ण हुनेछ। व्यापार–व्यवसाय गर्नेहरूले लगानी तथा लेनदेनमा सचेत रहनुपर्नेछ। पछिल्ला दिनदेखि चलिरहेको कुनै समस्या यस सातामा पुनः मनमा चिन्ता ल्याउन सक्छ, तर शुभचिन्तक तथा परिवारजनको सहयोगले समाधान खोज्न सजिलो हुनेछ। साताको मध्यतिर आकस्मिक रूपमा छोटो वा लामो यात्राको सम्भावना रहन्छ। यात्रामा स्वास्थ्य र सामानप्रति सचेत रहनुहोस्।

मन र शरीर दुवैलाई स्वस्थ राख्न ध्यान र योग गर्नु उपयुक्त हुनेछ। इष्टमित्र वा प्रेम–साथीसँग कुनै विवाद वा गलतफहमी छ भने यसलाई हटाउने प्रयास गर्नुहोस्। वैवाहिक सम्बन्धमा खुलेर एकअर्कालाई बुझ्न र भावनाको कदर गर्न सके सम्बन्ध मधुर हुनेछ।

उपाय- नियमित रूपमा शिव महिमा स्तोत्रको पाठ गर्नु लाभकारी हुनेछ।

सिंह राशि

यो सातामा मेहनत र धैर्यले राम्रो परिणाम दिनेछ । नयाँ योजना र अवसरहरू खुल्नेछन्। कार्यक्षेत्रमा उन्नतिको संकेत छ र अतिरिक्त जिम्मेवारी पनि आउन सक्छन्। वरिष्ठ अधिकारीहरूको सहयोग प्राप्त हुनेछ। नयाँ प्रोजेक्ट वा कामबाट लाभ हुने योग छ, तर खर्च बढ्ने सम्भावना भएकाले संयम राख्नु आवश्यक छ।

नोकरीपेशा जातकका लागि यो सातो निकै अनुकूल छ। तपाईंका प्रयास र लगनको प्रशंसा हुनेछ। नयाँ जिम्मेवारीका कारण समय व्यवस्थापनमा ध्यान दिनु जरुरी छ। वरिष्ठहरू प्रसन्न हुनेछन् र कामको सही मूल्याङ्कन हुनेछ। पत्रकारिता, नेटवर्किङ, मार्केटिङ वा सञ्चारसम्बन्धी क्षेत्रमा काम गर्नेहरूले विशेष सफलता र लाभ प्राप्त गर्नेछन्।व्यवसाय गर्नेहरूका लागि बजारको गति अनुकूल हुनेछ।

नयाँ सम्झौता वा अवसरबाट फाइदा हुने सम्भावना छ, तर निर्णय गर्दा हतार नगर्नुहोस्। अहंकारबाट बच्नुहोस् र अरूको सल्लाहलाई बेवास्ता नगर्नुहोस्।सप्ताहको सुरुवातमा धार्मिक वा सामाजिक कार्यक्रममा सहभागी हुने मौका मिल्नेछ। प्रियजन र शुभचिन्तकसँग खुसीका पल बिताउने अवसर हुनेछ। घर परिवारमा प्रेम र मेलमिलाप कायम रहनेछ। वैवाहिक जीवन र प्रेम सम्बन्ध दुवै सुखद रहनेछन्।

उपाय- नियमित विष्णु सहस्रनामको पाठ गर्नु लाभदायी हुनेछ।

कन्या राशि

यो हप्ता उतारचढावपूर्ण रहने देखिन्छ । पैतृक सम्पत्ति वा घर-जग्गा सम्बन्धी विवादले मनमा तनाव ल्याउन सक्छ। आफ्ना परिवारजनसँग मतभेद हुन नदिई धैर्यपूर्वक विवेक प्रयोग गर्नुपर्ने समय छ ।

नोकरी पेशा हुनेहरुका लागि हप्ताको सुरुवात अलि थकानपूर्ण रहनेछ । कामको अतिरिक्त बोझसहित स्वास्थ्यसम्बन्धी समस्या पनि सताउन सक्छ। पुराना रोग दोहोरिन वा मौसमी रोगको असर देखिन सक्छ। व्यवसायीहरूले धनको लेनदेन गर्दा विशेष सावधानी अपनाउनुपर्छ। बजारमा अड्किएको पैसा निकाल्न केही कठिनाइ आउन सक्छ।

यो हप्ताभर खानपान र दिनचर्यामा ध्यान दिनु जरुरी छ। हप्ताको मध्यतिर घर मर्मत वा अन्य आवश्यक खर्च बढ्ने सम्भावना छ। हप्ताको उत्तरार्धमा आमाको स्वास्थ्य चिन्ताको विषय बन्न सक्छ । प्रेम सम्बन्धमा उतावलोपनले समस्या ल्याउन सक्छ। पार्टनरको भावनाको कदर गर्नुहोस्। वैवाहिक जीवन सुखमय बनाउन व्यस्त तालिकाबाट समय निकालेर जीवनसाथीसँग समय बिताउनु आवश्यक छ।

हप्ताको शुरुवात चुनौतीपूर्ण भए पनि अन्त्यतिर परिस्थिति अनुकूल बन्नेछ। नयाँ जिम्मेवारी मिल्ने सम्भावना छ। मेहनतको उचित फल प्राप्त हुनेछ र कार्यक्षेत्रमा प्रशंसा मिल्नेछ। व्यापारमा योजनाहरू सोचविचार गरेर अघि बढाउनुहोस्, साझेदारीमा विशेष ध्यान दिनुहोस् ।।मानसिक तनावबाट जोगिनुहोस्। योग, प्राणायाम र ध्यान लाभकारी रहनेछ।

उपाय- नारायण कवचको पाठ गर्नु शुभ रहनेछ।

तुला राशि

यो हप्ता तुला राशिका जातकहरूका लागि उतार–चढावपूर्ण रहने संकेत छ । हप्ताको सुरुवातमा पारिवारिक समस्याले मनमा बोझ थप्न सक्छ। खासगरी घरभित्रको आपसी विवाद वा सम्पत्ति–धनसम्बन्धी विषयले तपाईंलाई अलमलमा पार्न सक्छ। यद्यपि, धैर्य र संयमले काम गर्दा हप्ताको उत्तरार्धतिर समस्या समाधानतर्फ उन्मुख हुनेछ। कुनै वरिष्ठ व्यक्ति वा शुभचिन्तकको मार्गदर्शन प्राप्त हुनेछ जसले तपाईंलाई सहज बनाउनेछ।

व्यवसायमा सुरुका दिनहरूमा केही असजिलो देखिए पनि बिस्तारै परिस्थितिमा सुधार आउनेछ। साझेदारी वा मिलेर गरिएको कारोबारमा सजग रहनुहोस्। अनावश्यक रिस–ईर्ष्या वा विवादमा नफस्नुहोला। कार्यक्षेत्रमा तपाईंका प्रयासको कदर हुनेछ र विरोधीहरूले पनि तपाईंको क्षमता स्वीकार्ने सम्भावना छ।

पारिवारिक जीवन सुखद रहनेछ। परिवारका सदस्यहरू बीच प्रेम, तालमेल र सहयोग पाइनेछ। घरमा धार्मिक वा शुभकार्यको वातावरण बन्न सक्छ।हप्ताको उत्तरार्धमा तपाईँको मन धार्मिक–आध्यात्मिक गतिविधितर्फ आकृष्ट हुनेछ। तपाईंलाई गुरु वा साधुसन्तको विशेष आशीर्वाद प्राप्त हुने योग छ। अविवाहित जातकका जीवनमा मनपर्ने व्यक्तिको आगमन हुने सम्भावना छ भने विवाहित जातकहरूको दाम्पत्य जीवनमा सामञ्जस्य र प्रेम बढ्नेछ।

स्वास्थ्यका दृष्टिले सामान्य उतार–चढाव देखिन्छ। मानसिक तनाव वा थकानबाट बच्न ध्यान र योगलाई आफ्नो दिनचर्यामा अनिवार्य रुपमा समावेश गर्नुहोस्। खानपानमा नियमितता आवश्यक हुनेछ।

उपाय- नित्य “ॐ नम शिबाय मन्त्र दैनिक १०८ पटक जप गर्नुहोस्।

वृश्चिक राशि

यस हप्तामा तपाईंले देखेका सपना र मनोकामनाहरु पुरा हुने सम्भावना रहन्छ जीवनका विभिन्न पक्षहरुमा अनुकूलता रहि रहनेछ । हप्ताको सुरुमा तपाईंले कुनै धार्मिक वा मांगलिक कार्यक्रममा सहभागी हुने अवसर प्राप्त गर्नु हुनेछ । यस क्रममा तपाईंको मन प्रसन्न रहन्छ र आध्यात्मिक उन्नतिको अनुभव हुनेछ ।

कार्यक्षेत्रमा वरिष्ठ र सहयोगी दुवै तपाईंको पक्षमा रहनेछन् । तपाईंको कार्यको गुणवत्ता र निष्ठा देखेर पुर्सकार प्राप्त हुनेछ । यस हप्ता तपाईंको उर्जा स्तर उच्च रहन्छ र तपाईं आफ्ना कार्यहरुलाई सकारात्मक र योजनाबद्ध तरिकाले पूरा गर्न प्रयास गर्नुहुन्छ । नयाँ प्रोजेक्ट वा जिम्मेवारीहरुमा सफलता प्राप्त हुने संकेत छन् हप्ताको मध्यतिर तपाईंको झुकाव आफ्नो प्रियजन र परिवारप्रति बढ्नेछ । यस क्रममा तपाईं परिवारसँग लामो वा छोटो दूरीको यात्रा गर्न सक्नुहुन्छ, जसले सम्बन्धहरु बलियो बनाउँछ । परिवारसँग समय बिताउँदा मानसिक सन्तोष प्राप्त हुनेछ ।

हप्ताको उत्तरार्धमा पैतृक सम्पत्तिबाट लाभ प्राप्त हुने सम्भावना रहन्छ पुराना विवाद वा अडचनहरु हट्नेछन् । व्यवसायमा लाभ हुनेछ र यदि तपाईं पार्टनरशिपमा काम गर्नुहुन्छ भने समान विचारधाराका कारण व्यवसायमा तीव्र प्रगति हुनेछ । व्यवसायिक योजना सफल हुने संकेत छन् । हप्ताको उत्तरार्धमा विपरीत लिङ्गप्रति आकर्षण बढ्नेछ प्रेम सम्बन्धका लागि यो हप्ता अनुकूल छ वैवाहिक जीवन सुखमय रहनेछ र आपसी समझ बढ्नेछ स्वास्थ्य सामान्य रहनेछ मानसिक शान्तिका लागि ध्यान र साधना लाभदायी हुनेछ ।

उपाय- नित्य राति “ॐ ह्रीं दुं दुर्गायै नमः” मन्त्रको १ माला जप गर्नुहोस्।

धनु राशि

यो हप्ता सौभाग्यशाली रहन लागेको छ । जीवनका हरेक क्षेत्रहरुमा आफन्तहरु र शुभचिन्तकहरुको सहयोग र समर्थन प्राप्त हुनेछ तपाईंको परिश्रम र प्रयासको उचित फल प्राप्त हुने संकेत छन् । हप्ताको सुरुमा कुनै प्रभावशाली व्यक्ति संगको भेट लाभदायी साबित हुनेछ युवाहरूको अधिकांश समय मौजमस्तीमा बित्नेछ करियर र व्यवसायको दृष्टिले यो हप्ता अत्यन्तै शुभ रहन्छ नौकरीपेशा व्यक्तिहरूलाई वरिष्ठको पूरा सहयोग प्राप्त हुनेछ ।

बेरोजगार जातकले मनचाहा रोजगार पाउने योग छ, व्यापारी वर्गले मन चाहेको लाभ प्राप्त गर्नेछन् । हप्ताको उत्तरार्धमा कोर्ट-कचहरी वा कानुनी मामिलामा सफलता प्राप्त हुने सम्भावना छ । सम्बन्धहरुमा मिठास रहन्छ आफन्तहरुबाट प्रेम र सहयोग प्राप्त हुनेछ यदि घरमा कुनै गलतफहमी रहेको थियो भने यो हप्तामा त्यो दूर हुनेछ ।

परिवारसँग धार्मिक यात्रा वा तीर्थ दर्शनको योग बन्नेछ प्रेम सम्बन्ध मजबुत हुनेछन् ।यदि तपाईं विवाहको तयारीमा हुनुहुन्छ भने यस हप्तामा परिजनको सहमति प्राप्त हुन सक्छ वैवाहिक जीवन सुखमय रहन्छ र जीवनसाथीको सहयोग प्राप्त हुनेछ स्वास्थ्य सामान्य रहन्छ मानसिक सान्त्वना र ऊर्जा बनी रहनेछ तर अत्यधिक मौजमस्ती र लापरवाहीबाट बच्न आवश्यक छ ।

उपाय- प्रतिदिन पूजा गर्दै विष्णु सहस्त्रनामको पाठ गर्नुहोस्।

मकर राशि

यो हप्ता मिश्रित रहनेछ । हप्ताको सुरुमा कार्यक्षेत्रको वातावरण अनुकूल नहुनाले तपाईंको मन केही खिन्न रहन सक्छ यस क्रममा वरिष्ठ र सहयोगी दुवैबाट अपेक्षित सहयोग कम प्राप्त हुनेछ । यदि तपाईंको भूमि, भवन वा पैतृक सम्पत्तिसँग सम्बन्धित विवाद चलिरहेको छ भने यसलाई समाधान गर्न कोर्ट-कचहरीको सामना गर्नुपर्ने हुनसक्छ यस हप्तामा स्पष्टवादिता वा कडापनबाट बच्न आवश्यक छ ।

भूलवश ! पनि कुनै व्यक्तिसँग साँचो कुरा व्यक्त गर्दा उसको भावना आहत नहोस् त्यसैगरी मानिसहरुसँग हाँसो-ठट्टा गर्दा ध्यान राख्नुहोस् कि हास गर्दा कसैको उपहास नहोस् अन्यथा दीर्घकालीन सम्बन्धमा दरार आउन सक्छ व्यवसायमा रहेका व्यक्तिहरुले महत्वपूर्ण निर्णय जल्दबाजीमा नलिनु लाभदायी हुनेछ यस हप्तामा कागजी काम समयमै पुरा गर्नु आवश्यक छ । नभए आर्थिक र मानसिक समस्या उत्पन्न हुन सक्छ सम्बन्ध र नाताको दृष्टिले यो हप्ता मिश्रित फलदायी रहनेछ आफन्तहरुसँग व्यवहार गर्दा सावधानी अपनाउनुहोस् अन्यथा तपाईंका कुरा गलत अर्थमा बुझिन सक्छ हप्ताको उत्तरार्धमा स्वास्थ्यप्रति विशेष ध्यान दिनु आवश्यक छ ।

उपाय- प्रतिदिन हनुमानजीको पूजा गर्दै हनुमान चालिसाको पाठ गर्नुहोस्।

कुम्भ राशि

यो हप्ता करियर र व्यवसायको दृष्टिले पूर्णतया अनुकूल रहनेछ । हप्ताको सुरु लामो वा छोटो दूरीको यात्राबाट हुनेछ । यस क्रममा तपाईंको ध्यान आफ्ना अधूरा काम पूरा गर्नमा रहन्छ । यदि तपाईं व्यवसायसँग सम्बन्धित हुनुहुन्छ भने यस हप्तामा तपाईंको व्यवसायले अपेक्षाभन्दा बढी लाभ दिने संकेत छन् यदि तपाईं लामो समयदेखि आफ्नो व्यवसाय विस्तार गर्न प्रयासरत हुनुहुन्थ्यो भने यस हप्तामा तपाईंको मनोकामना पूरा हुने सम्भावना छ । इष्टमित्र र परिवारको सहयोगले व्यवसाय विस्तारमा सफलता मिल्नेछ नौकरीपेशा व्यक्तिहरुका लागि पनि यो हप्ता अनुकूल रहन्छ ।

अधिकारी र वरिष्ठहरु पूर्ण रूपमा सहयोगी रहनेछन् हप्ताको अन्त्यसम्म तपाईंको झोलीमा कुनै महत्वपूर्ण पद वा जिम्मेवारी प्राप्त हुन सक्छ । सम्बन्ध र नाताको दृष्टिले यो हप्ता अत्यन्तै शुभ रहन्छ घरका कुनै सदस्यको विवाह तय हुँदा वातावरणमा खुशी र उल्लास रहन्छ प्रेम सम्बन्धमा अनुकूलता रहन्छ ।

आमाबाट विशेष आशीर्वाद वा उपहार प्राप्त हुन सक्छ । जब तपाईं आफूलाई असमञ्जसको स्थितिमा पाउनुहुन्छ, इष्टमित्र परामर्श र सहयोगका लागि सधैं तयार देखिन्छन् । वैवाहिक जीवन सुखमय रहनेछ ।

उपाय- हप्ताभर प्रतिदिन हनुमान चालिसा पाठ गर्नु लाभदायी हुनेछ ।

मीन राशि

यस हप्तामा छिटो फाइदा खोज्दा ठूलो नोक्सान हुन सक्ने हुँदा सजग रहन आवश्यक छ, अन्यथा पछि पछुतो हुन सक्छ । हप्ताको सुरुबाटै आफ्नो स्वास्थ्य, सम्बन्ध र आर्थिक पक्षप्रति विशेष ध्यान दिनु पर्नेछ । यस हप्तामा तपाईंको माथि अचानक केही ठूला जिम्मेवारीहरु आउन सक्छन् जससँगै ठूला खर्च पनि देखा पर्न सक्छन् जसलाई पूरा गर्न मानिसहरुको सहयोग र कहिलेकाहीँ ऋण लिनुपर्ने अवस्था आउन सक्छ । हप्ताको सुरुमा करियर र व्यवसायमा यति व्यस्तता रहनेछ कि निजी मामिलामा ध्यान दिनै नसक्ने अवस्था सिर्जना हुनेछ ।

यस क्रममा परिवारका कुनै वरिष्ठ सदस्यको असन्तोष झेल्नु पर्ने हुनसक्छ । हप्ताको मध्यतिर पिता-पुत्र वा परिवारका अन्य सदस्यसँग पैतृक सम्पत्तिसम्बन्धी विवादको सम्भावना रहन्छ ।

हप्ताको उत्तरार्धमा तनाव केही कम हुनेछ । यस क्रममा परीक्षा वा प्रतियोगितासँग सम्बन्धित विद्यार्थीलाई शुभ समाचार प्राप्त हुन सक्छ । करियर र व्यवसायसँग सम्बन्धित राम्रो अवसर प्राप्त हुने संकेत छन् प्रेम सम्बन्धमा परिस्थितिहरु अनुकूल रहनेछन् । कठिन समयमा लव पार्टनर वा जीवनसाथी तपाईंको सहारा बन्नेछन ।

उपाय- नित्य आदित्य हृदय स्तोत्रको पाठ गर्नुहोस्।

Skip This
Skip This
Logo