बर्षाको मौसममा कोही चाहेर र कोही नचाहेर पनि भिज्छन् । मस्ति गर्ने बहानामा आजकाल धेरै युवापुस्ताहरु बर्षाको पानीमा भिजेर रमाउने चलन बढेको छ । बर्षाको पानीमा भिज्दा जति मज्जा आउछ त्यत्तिनै अप्ठ्यारो भनेको फ्लुको संक्रमण हुनु पनि हो । कसैकसैको प्रतिरक्षा प्रणाली (इम्युनिटी पावर) बढी भएको कारण उनीहरुलाई बर्षाको पानीमा भिज्दा पनि फ्लुको आक्रमण हुदैंन । तर इम्युनिटी पावर कम भएका ब्यक्तिहरुलाई बर्षाको पानीमा नभिज्दा पनि फ्लुको आक्रमण बढी हुने गर्छ ।
बर्षाको पानीमा भिज्दा फ्लु हुने सम्भावना बढी हुन्छ । तर कोही कोहीलाई भने बर्षाको पानीमा नभिज्दा पनि फ्लुको संक्रमण हुन सक्छ । यस्तो हुनुको मुख्य कारणमा बेलाबेलामा परिवर्तन भैरहने मौसमको कारणले पनि हो ।
फ्लुको संक्रमण युवापुस्तामा हुनु त्यत्ति चिन्ताको बिषय नहोला । तर बालबालिका र प्रौढ ब्यक्तिहरुमा यो संक्रमणले उनीहरुलाई अरु किसिमको रोग देखा पार्ने सम्भावना पनि बढी रहेको हुन्छ । अझ प्रतिरक्षा प्रणाली कमजोर भएका ब्यक्तिहरुलाई थप समस्याहरु देखाउन पनि सक्छ ।
चिकित्सकहरुका अनुसार बर्षा महिनामा देखिने फ्लु सरदर २ हप्तामा निको भएर जान्छ । तर केहीको लक्षणले भने विमारीलाई धेरै नै समस्यामा पर्ने गर्छ । यस्ता किसिमको संक्रमण भएका ब्यक्तिलाई लामो समयसम्म ज्वरो आउने, शरिरवाट पसिना आइरहने, शरीर काप्ने, लगातार खोकी आउने, नाकवाट सिंगान आईरहने, शरीर दुख्ने जस्ता क्रियाहरु पनि हुने गर्छ ।
यस्तो किसिमको समस्या आउन नदिनु सबैभन्दा बुद्धिमानी हुने चिकित्सकहरु बताउछन् । बर्षामा देखिने फ्लु सरुवा पनि हुन सक्छ । यस्ता फ्लुका जिवाणुहरु हावा वा विमारीले छोएको बस्तुहरुवाट पनि सर्न सक्छ । त्यसैले यस्ता किसिमका विमारी घरमा कोही छ भने अरुले बिशेष ख्याल राख्नु पर्ने हुन्छ ।
फ्लुवाट जोगिन चिकित्सकहरुले केही सुझावहरु सुझाएका पनि छन् ।
– खाना खानु भन्दा अगाडी सधै राम्ररी हात धुनु पर्छ । किनकी बर्षा मौसममा जिवाणुहरु सजिलै शरिरको सम्पर्कमा आउन सक्छन् ।
– नियमित रुपमा ब्यायाम र योग गर्नाले शरीरको प्रतिरक्षा प्रणाली बलियो हुन्छ । जसको कारण यस्ता जिवाणुुहरुको संक्रमण हुने सम्भावना कम रहने गर्छ ।
– पर्याप्त मात्रामा पानी पिउने गर्नुपर्छ ।
– फ्लुवाट जोगिन भ्याक्सिन पनि अहिले बजारमा आएको छ । तर यो भ्याक्सिनको प्रयोग बढी फ्लुको संक्रमण हुने ब्यक्तिले दिनु मात्र राम्रो हुन्छ ।
रुघा खोकी लाग्दा होस् वा ज्वरो आउदा हामी सजिलै औषधि पसलमा गएर औषधि किनेर खाने गर्छौ । यसरी खाएको औषधिले केही दिनमा काम गरेन भने चिकित्सककहाँ जचाउन जानुपर्छ । किनकी यस्ता फ्लुहरु कुनै सामान्य किसिमका हुन्छन् भने कुनै खतरनाक पनि हुने गर्छ ।





























प्रतिक्रिया