तेहरान । पश्चिमी शक्तिहरूसँगको वार्ता असफल भए सँगै इजरायली र अमेरिकी आणविक साइटहरूमा आक्रमण गरे पछि इरानले आइतबार आफ्नो आणविक कार्यक्रमलाई लिएर संयुक्त राष्ट्रसङ्घको पुनः प्रतिबन्धलाई “अन्यायपूर्ण” भन्दै निन्दा गरेको छ ।
इरानको आणविक र ब्यालिस्टिक मिसाइल गतिविधिहरूसँग सम्बन्धित लेनदेनलाई रोक्ने उपायहरू, पश्चिमी शक्तिहरूले सन् २०१५ को आणविक सम्झौता अन्तर्गत “स्न्यापब्याक” संयन्त्र सुरु गरेपछि रातारात लागू भएको थियो ।
रद्द गरिएका प्रस्तावहरू पुनः सक्रिय गर्नु कानुनी रूपमा आधारहीन र अन्यायपूर्ण रहेको भन्दै सबै देशहरूले यो अवैध अवस्थालाई मान्यता दिनु नहुर्ने इरानी विदेश मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ ।
इरानले आफ्नो राष्ट्रिय अधिकार र हितको दृढतापूर्वक रक्षा गर्ने र आफ्ना जनताको अधिकार र हितलाई अवमूल्यन गर्ने उद्देश्यका कुनै पनि कार्यको दृढ र उचित प्रतिक्रियाको सामना गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ ।
प्रतिबन्धहरूको पुनरागमनले इजरायली र अमेरिकी सेनाले इरानी आणविक सुविधाहरूमा बम प्रहार गरे पछि जुन देखि सुरु भएको आणविक वार्तालाई पुनर्जीवित गर्ने उद्देश्यले महिनौंको तनावपूर्ण कूटनीतिलाई अन्त्य गरेको जनाइएको छ ।
पुनस्र्थापनाको बावजुद, पश्चिमी नेताहरूले संवादका लागि च्यानलहरू खुला रहेको बताएका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानलाई “सद्भावका साथ आयोजित प्रत्यक्ष वार्तालाई स्वीकार गर्न आग्रह गरेका छन् ।
उनले संयुक्त राष्ट्रका सदस्य राष्ट्रहरूलाई “इरानका नेताहरूलाई आफ्नो राष्ट्रका लागि सही र विश्वको सुरक्षाका लागि उत्तम काम गर्न दबाब दिन प्रतिबन्धहरू तुरुन्तै लागू गर्न पनि आह्वान गरेका छन् ।
बेलायती, फ्रान्सेली र जर्मन विदेश मन्त्रीहरूले संयुक्त विज्ञप्ति मार्फत “इरानले कहिल्यै आणविक हतियार प्राप्त नगर्ने सुनिश्चित गर्न नयाँ कूटनीतिक समाधान खोजी जारी राख्ने जनाएका छन् । उनीहरूले तेहरानलाई कुनै पनि द्वन्द्व भड्काउने कार्यबाट टाढा रहन पनि आह्वान गरेका छन् ।































प्रतिक्रिया