हुन्डाई नेपालकाे “हुन्डाई हाईवे एस्सुरेन्सः केयर फ्री राइड टु होम” अभियान सञ्चालन

हुन्डाई नेपालकाे “हुन्डाई हाईवे एस्सुरेन्सः केयर फ्री राइड टु होम” अभियान सञ्चालन

केन्द्रबिन्दु
6
Shares

काठमाडाैं । दशैं मनाउन आफ्नो घर जाने हुन्डाई ग्राहकहरुको सुरक्षित र झन्झटरहित यात्रा सुनिश्चित गर्न लक्ष्मी इन्टरकन्टिनेन्टल (हुन्डाई गाडीको एक मात्र आधिकारिक विक्रेता)ले “हुन्डाई हाईवे एस्सुरेन्स: केयर फ्री राइड टु होम” सेवा सुरु गरेकाे छ ।

याे असोज १४ सम्म बिहान १०:०० बजेदेखि बेलुका ६:०० बजेसम्म उपलब्ध हुनेछ। यस अन्तर्गत मुख्य राजमार्गहरुका प्रमुख स्थानमा निःशुल्क सवारी जाँच सेवा उपलब्ध गराइनेछ।

हुन्डाईले आफ्ना दक्ष प्राविधिकहरू सहित ११ प्रमुख स्थानहरु (हेटौंडा, जनकपुर, दमक, बिर्तामोड, भरतपुर, बुटवल, बाँके, धनगढी, धादिङ, इच्छाकामना र तनहुँ लगायत देशका महत्त्वपूर्ण राजमार्गमा गाडीको निःशुल्क २६-पोइन्ट चेकअप सुविधा उपलब्ध हुनेछ।

कम्पनीले सवारी जाँचसँगै गाडीलाई चाहिने लुब्रिकेंट र कुलेंट आवश्यक मात्रामा निःशुल्क प्रदान गर्नेछ। विद्युतीय सवारी साधनका लागि पोर्टेबल डीसी चार्जरहरू पनि उपलब्ध हुनेछन्। यस चाडपर्वको रमाइलोमा आफ्ना ग्राहकहरूलाई सवारी साधनको कुनै पनि चिन्ताबाट मुक्त गराउनु यस अभियानको उद्देश्य हो।

२०१४ देखी सञ्चालन मा रहेको “हुन्डाई हाईवे एस्सुरेन्स: केयर फ्री राइड टु होम” अभियान हुन्डाई को विक्री पछी को सेवा को प्रतिबद्धता र समर्पणको प्रमाण हो। हुन्डाईले प्रिमियम सवारी साधन उपलब्ध गराउनुका साथै त्यसपछि ग्राहकलाई चाहिने सम्पूर्ण सेवा प्रदान गर्नमा पनि उत्तिकै ध्यान राख्दै आएको छ।

Logo