काठमाडौं
जुम्लामा अनशनरत डा गोविन्द केसीलाई काठमाडौं ल्याउन अनशनस्थल पुगेका प्रहरी र डा केसी समर्थक स्वास्थ्यकर्मीबीच भएको झडप प्रति आफ्नो ध्यानाकर्षण भएको मानव अधिकार आयोगले जनाएको छ । "/>

अस्पतालमा प्रहरीले बल प्रयोग गर्नु निन्दनीय : आयोग

अस्पतालमा प्रहरीले बल प्रयोग गर्नु निन्दनीय : आयोग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
जुम्लामा अनशनरत डा गोविन्द केसीलाई काठमाडौं ल्याउन अनशनस्थल पुगेका प्रहरी र डा केसी समर्थक स्वास्थ्यकर्मीबीच भएको झडप प्रति आफ्नो ध्यानाकर्षण भएको मानव अधिकार आयोगले जनाएको छ ।

विहिबार प्रेस विज्ञप्ती जारी गर्दै आयोगले झडपबाट तीन चिकित्सक, एक प्रहरी सहित केही विद्यार्थी र नर्सहरु घाइते भएको घटना प्रति ध्यानाकर्षण भएको जनाएको हो । आयोगले उक्त घटनाको अनुगमन भइरहेको जनाएको छ ।

‘अस्पताल भवन भित्रै प्रहरी प्रवेश गरी कुटपीट गर्नु, झडप भई अस्पताल भवन लगायत स्वास्थ्य उपकरणहरुमा क्षति पुग्नु निन्दनीय कार्य हो । झडपको क्रममा घाइते भएका चिकित्सक, विद्यार्थी एवं प्रहरीलाई निःशुल्क र प्रभावकारी स्वास्थ्योपचारको व्यवस्था मिलाउन आग्रह गर्दछ ।’ आयोगकी प्रवक्ता मोहना अन्सारीद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ, ‘हिंसा र अनुचित बल प्रयोगबाट मानव अधिकारको संरक्षण हुन नसक्ने हुँदा सार्थक वार्ता र संवादबाट समस्याको समाधान गर्न आयोग सम्बन्धित पक्षलाई आग्रह गर्दछ ।’

स्वास्थ्य जस्तो अत्यावश्यकीय सेवा बन्द गरिँदा नागरिकको स्वास्थ्यको अधिकारमा पर्न जाने असरप्रति सचेत रहँदै आफ्ना विरोधका कार्यक्रमहरु तय गर्दा कर्तव्य प्रति पनि सचेत रहन आयोगले विज्ञप्ती मार्फत स्वास्थ्यकर्मीहरुको ध्यान आकर्षण गरेको छ ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo