पोखरा

प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी प्रदेशलाई पहिलोपटक बिहीबार सम्बोधन गरे । "/>

गण्डकी प्रदेशमा प्रधानमन्त्रीको सम्बोधन : अब रेलमा मिनरल वाटर बेच्नुपर्छ

गण्डकी प्रदेशमा प्रधानमन्त्रीको सम्बोधन : अब रेलमा मिनरल वाटर बेच्नुपर्छ

केन्द्रबिन्दु
0
Shares

पोखरा

प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी प्रदेशलाई पहिलोपटक बिहीबार सम्बोधन गरे । दिउँसो १२ः४० बजे संसदमा सम्बोधन गर्ने कार्यक्रम रहेतापनि उपस्थित सांसद, सर्वसाधारण, पत्रकार सबैलाई उनले साँढे २ घण्टा कुराएपछि मात्र संसदमा उपस्थित भए ।

बिहीबारको पहिलो संसद बैठकमा नै सम्बोधन गर्ने क्रममा उनले रेल र पानीजहाजका कुरा नै दोहोर्याए । गण्डकी प्रदेशको सम्भावनाको विषयमा बोल्ने अनुमान गरिएतापनि उनले अन्यत्रै बोलिसकेको कुरा गर्न सवा घण्टा खर्चिए । सम्बोधनको सुरुवाती क्रममा गण्डकी प्रदेशको प्रशंसा गरेतापनि रेल र पानीजहाजमा नै उनले जोड दिए ।

रेललाई नै जोड दिएका ओलीले त्यसमा मिनिरल वाटरलाई जोडे । उनले भने, ‘हाम्रोमा बाहेक मिनरल वाटर कुनै देशमा बन्दैन । छानेको पानी मिनरल वाटर बन्छ ?, उनले थपे–खोलामा बगेको पानी बोतलमा भरेर बेच्यो भने मात्रै देश धनी बन्छ । रेल चलाएपछि ल्याउने सामान अरु होला तर पठाउने वस्तु मिनरल वाटर हो ।’

गण्डकी प्रदेश हिमालसँग जोडिएको र हिमालको पानी किटनाशक हुने हुँदा नेपालीले पानीलाई पनि बेच्न सकिनेमा उनले जोड दिए । पहराबाट मिनिरल सहितको पानी बग्ने भन्दै संसारमा नेपालको जस्तो पानी नपाइने दाबी गरे । ‘हामीले बोतलको पानी पिउन मजा मान्छौँ, तर लेकको पानी यत्तिकै पनि पिउन सकिन्छ, त्यसमा मिनरल पनि हुन्छ, उताबाट रेलले सामान लिएर आउँछ, यताबाट हामीले मिनरल वाटर पठाउन सक्छौँ’, उनले भने ।

प्रधानमन्त्री ओलीले नेपालका हरेक बोट र हरेक ढुंगामा जडिबुटी रहेको भन्दै त्यसको प्रशोधन र ब्यापारमा सरकारले कार्यक्रम ल्याउने बताए । प्राकृतिक रुपमा भरिपूर्ण गण्डकी प्रदेशमा पर्यटन विकासको प्रचुर सम्भावना रहेकोले प्रदेश सरकारको चासो केन्द्रित हुनुपर्ने उनको सुझाव छ ।

यस्तै बैठकलाई सम्बोधन गर्दै ओलीले आफुले दुई वर्ष अघि रेलको कुरा गर्दा मजाक बनाइएको भन्दै रेल चलाई छाड्ने दृढता व्यक्त गरे । ‘मैले रेलको कुरा गर्दा धेरैले मजाक बनाए । अरु देशले रेल चलाउन हुने नेपालले नहुने त्यस्तो पनि हुन्छ ?’ उनले प्रश्न गरे, ‘नेपालमा रेल चल्छ । पूर्व पश्चिम रेल चलाइन्छ ।’ रक्सौल–काठमाडौं रेल पूर्व सम्भाव्यता अध्ययन सुरु भइसकेको र छिमेकी मुलुक चीनले समेत आउँदो अगष्टबाट सम्भाव्यता अध्ययन सुरु गर्ने उनको भनाई छ।
नागरिकबाट

Skip This
Skip This
Logo